+
+

पार्टी एकता होइन, एमालेसँगको विलय होः गोपाल किराती

'यसमा म सहमत छैन, माओवादी पुनर्गठन गर्नतिर लाग्छु'

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १७ गते १६:५८

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका नेता गोपाल किरातीले एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गरेका छन् ।

पार्टी सचिवालय सदस्यहरुको सोमबार सम्पन्न बैठकमा एमालेसँग एकताको विपक्षमा उभिने उनी एक्ला नेता देखिए । अध्यक्ष प्रचण्डले त्यससम्बन्धि सातबुँदे प्रस्ताव प्रस्तुत गरेलगत्तै किराती विरोधमा उभिए । पार्टी एकताबारे प्रचण्डले केही समय गरेको ‘बि्रफिङ’मा पनि उनले सहमति जनाएनन् ।

‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ किरातीले अनलाइनखबरसँग भने, ‘माओवादीलाई एमालेमा विलय गर्ने कुरा स्वीकार्य हुँदैन, म विद्रोह गर्छु ।’

कम्तिमा एउटा चुनाव माओवादी भएरै लड्नुपर्ने उनको लाइन छ ।

सचिवालय बैठकमा किरातीले एमाले पहिचानविरोधी पार्टी भएको औंल्याएका थिए । ‘पहिचान माओवादीले उठाएको मुद्दा हो, एमालेसँग एकता गरेपछि यो मुद्दा के हुन्छ ?’ उनले अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका थिए ।

माओवादी प्रवेश गर्नुअघि किरात वर्कर्स पार्टी गठन गरेर पूर्वी पहाडमा भूमिगत गतिविधिमा संलग्न थिए, किराती । माओवादी प्रवेशपछि पनि उनी पहिचानको मुद्दामै केन्दि्रत देखिन्थे ।

सोही मुद्दामा निरन्तर अडिएका उनी अहिले माओवादी केन्द्रबाट प्रदेश १ को मुख्यमन्त्रीका आकांक्षी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?