चलचित्र ‘गाँजाबाजा’ले आफ्नो प्रदर्शन मिति फागूण २५ लाई तोकेको छ । चलचित्र विकास बोर्डको झमेलामा लामो समय फसेको यो चलचित्र अब भने रिलिज हुन लागेको हो ।
डी आर फिल्मस् प्रालि र टुका इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रमा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन छ । प्रदर्शन मितिसँगै चलचित्रमा समावेश एक गीत पनि रिलिज गरिएको छ ।
चलचित्र समावेश ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीत सार्वजनिक गरेसँगै चलचित्रको प्रचार आरम्भ गरिएको हो । चलचित्रको यो गीतमा निख एन्डा जटाको संगीत, जटावेदा बेनर्जिको स्वर छ ।
चलचित्रमा अनुपम शर्मा, सुशिल सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, बषर्ा सिवाकोटी, रक्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रमा दिपेन्द्र रेग्मी, गोमा बिष्ट थापाको लगानी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4