१८ पुस, काठमाडौं । काठमाडौंको विभिन्न ठाउँबाट स्कुटर चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ सितापाईला रामकोट बस्दै आएका २१ वर्षीय ज्ञानबहादुर तामाङ छन् ।
काठमाडौँ महानगरपालिका–२६ ज्याठा स्थित होटल ज्यूडिङ अगाडी पार्किङ गरी राखेको बा.९०प १५४० नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा उनलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4