नायक आर्यन सिग्देल अहिले फिलिपिन्समा छन् । महत्वकांक्षी प्रोजेक्ट ‘कायरा’को छायांकनमा व्यस्त आर्यन यो चलचित्रको तस्बिर सार्वजनिक नहोस् भन्ने सोचमा थिए । तर, चलचित्रको गीतको एउटा तस्बिर सार्वजनिक भएको छ । जसले, धेरै कुराको अर्थ समेत राख्छ ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा आर्यनले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्स गरिरहेका छन् । सार्वजनिक भएको तस्बिरमा आर्यनको घाँटीमा गितारको ट्याटु बनाइएको छ । यस अर्थमा पनि आर्यन यो चलचित्रमा संगीतमा लागेको एक यूवाको भूमिकामा देखिएको वुझ्न सकिन्छ ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १० लाख पारिश्रमिक लिएपछि यो चलचित्र चर्चामा थियो । चलचित्रको सम्पूर्ण छायांकन फिलिपिन्समा नै हुनेछ । यो चलचित्रलाई आर्यन आफैले निर्माण पनि गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4