+
+

अनमोलको नजरमा अदितीको फिगर कोकाकोला जस्तो

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ २२ गते १५:५६


नायक अनमोल केसी र नायिका अदिती वुढाथोकी सोमबार पत्रकारहरुसँग खुले । यी दुइले पत्रकारले सोधेका हरेक प्रश्नको जवाफ दिए । तपाइलाई अदितीको फिगर कस्तो लाग्छ भन्ने प्रश्नमा नायक अनमोल केसीले भने–‘मलाई उनको फिगर कोकाकोला जस्तो लाग्छ ।’

तपाइलाई इन्स्ट्राग्राममा देखिने बोल्ड अदिती मनपर्यो कि चलचित्र ‘कृ’ भित्रकी साधारण यूवती भन्ने प्रश्नमा अनमोलले भने–‘जे जहाँ देखिएपनि अदिती त अदिती नै हुन् नी । घरवाली भी राम्री, बहारवाली पनि राम्री ।’ नायक केसीले आफूलाई ‘कृ’ले कुनै रेकर्ड नै तोड्न पर्छ भन्ने दबाब नभएको बताए । अनमोलले भने–‘मेरो उमेर बढेसँगै मेरो अभिनयमा पनि बदलाव ल्याउने कोशिश मैले गरेको छु । पक्कै पनि चलचित्र राम्रो बनेको छ, जसलेगर्दा दर्शकले मन पराउनुहुन्छ । तर, मलाई कुनै रेकर्ड तोड्नै पर्छ भन्ने दबाब छैन ।’

नायिका अदिती बुढाथोकीले आफूले चलचित्रको कथावस्तु हेरेरै काम गरेको बताइन् । अनमोलको स्टारडमका कारण आफू छायाँमा नपरेको उनको भनाई थियो । चलचित्र ‘कृ’मा समावेश ‘मैले जानी नजानी’ बोलको गीतको बारेमा बोल्दै अनमोलले भने–‘यो गीतको छायांकनको बेलामा खुबै जाडो भयो । अदितीको पहिरन बोल्ड हुँदा हामीलाई पनि तातो हुन्थ्यो र काम गर्ने जोश आउथ्यो ।’

कार्यक्रममा अनमोलले आफ्ना ‘प्रो स्टाइल फ्यान’लाई उपहार पनि दिएका थिए । उनले १० लक्की फ्यानलाई उपहार दिएका हुन् । अनमोल प्रो स्टाइलका ब्रान्ड एम्ब्यासडर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?