+
+

७४ किलो लड्डुसँग जोखिए सांसद आफताब

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७४ माघ २४ गते १८:०४

२४ माघ, रौतहट । कांग्रेस नेता आफताब आलमलाई उनका समर्थकहरुले तेश्रो पटक सांसद भएको खुशीयालीमा लड्डु (मिठाई)ले तौलेका छन् ।

रौतहटको इशनाथ नगरपालिका-९ को परोहा डुमरीयामा नेता आलमलाई तराजुको एकतर्फ बसाएर अर्को तर्फ उनकै तौल बराबरको लड्डु राखिएको थियो ।

आलमलाई एकातर्फ राखेर अर्को तर्फ ७४ किलो लड्डु राखिएको उनका समर्थक बुनिलाल महतोले बताए ।

महतोले नै आलमलाई आˆनै घरको आँगनमा लड्डुसँगै जोखेका थिए । आलम पहिलो पटक ०५६ को उपनिर्वाचनमा विजयी भएका थिए ।

पहिलो संविधानसभामा पनि उनी विजयी भए । हालै सम्पन्न ०७४ को प्रतिनिधि सभाको निर्वाचनमा समेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?