
२५ फागुन, काठमाडौं । राजधानीका विभिन्न स्थालमा रहेका पार्किङ स्थलबाट स्कुटर चोरी गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको धुलिखेल–५ घर भइ डल्लु बस्दै आएका १८ वर्षीय दिपक लामा, काठमाडौं–१९, मरुहिटीका २० वर्षीय रोशन जोशी र सिन्धुलीको सुनकोशी गाउँपालिका–३ घर भइ काठमाडौंको डल्लु बस्दै आएका १८ वर्षीय सुसान आले मगर छन् ।
उनीहरुले नक्कली चाबीको प्रयोगबाट स्कुर चोरी गर्ने गरेको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार बेलुकी पचली मन्दिर परिसर अगाडि स्कुटर चोरी गरेर हिँड्दै पक्राउ गरेको हो ।
उनीहरुको साथबाट बा ५३ प ३३९१, ग ५ प १९१७ र बा ५३ प ३६२५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै, स्कुटर चोरी गर्न प्रयोग गरिने एउटा चाबी पनि बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4