+
+

बलात्कार आरोपमा वडाअध्यक्षविरुद्ध उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते १४:१९
सा‌ंकेतिक फोटो

३१ वैशाख, नवलपरासी । तनहुँको घिरिङ गाउँपालिका ४ का वडाअध्यक्षमाथि बलात्कार आरोप लागेको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको डेढगाउँकी एक महिलालाई वडाध्यक्ष झकबहादुर कुमालले जबरजस्ती गरेको भन्दै प्रहरीकोमा उजुरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले घटनाको अनुसन्धान भइरहेको र आरोप प्रमाणित भइ नसकेको बताए ।

श्रीमानले विदेशबाट पठाएको रकम बैंकबाट झिकेर र्फकने क्रममा गत वैशाख २५ गते दिउँसो नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला डेढगाउँको वनमा लगि वडाध्यक्ष कुमालले जबर्जस्ती गरेको महिलाको दावी छ ।

उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । उक्त उजुरी तनहुँले नवलपुर प्रहरी कार्यालय कावासोतीमा पठाएको थियो ।

नवलुरका प्रहरी प्रमुख जिसीले वडा अध्यक्षलाई नियन्त्रणमा लिई नवलपुर पठाउन तनहुँमा पत्राचार गरेको बताए ।

पीडित महिलाले करणीसम्बन्धी मुद्दामा शनिबार जाहेरी दिएको नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । उनको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?