+
+

सिलिण्डर पड्किएर आगलागी, ७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २७ गते ०:०३

२६ भदौ, काठमाडौँ । ठमेलको ज्याठामा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा ७ जना घाइते भएका छन् ।

मंगलबार बिहान करीब ४ बजेतिर पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट हावामा फैलिएको प्रज्वलनशील ग्यासमा आगो लागेको थियो ।

ज्याठाका स्थानीयवासी सुमन स्थापितको भुइँतलामा ‘ट्रेकिङ’का लागि प्रयोग हुने अक्सिजनका ८० सिलिण्डर थिए । तीमध्ये आगलागीका क्रममा २५ वटा सिलिण्डर पड्किएका थिए ।

सो घटनाका घाइतेमध्ये सुमन स्थापितसहित अन्य चारजनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएका छन् ।

घाइते हुनेमा घरधनी स्थापित विस्फोटमा परेका हुन् भने बाँकी झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएका हुन् । विस्फोटबाट दुई तलाको एकातर्फको पर्खाल भत्किएको छ ।

आगलागीबाट छिमेकी कल्पना तुलाधरको घरमा बढी क्षति पुगेको छ भने चोकआसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएका छन् ।

उक्त घटनाबाट घाइते भएकालाई भेट्न पुगेका काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले घाइतेलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो पनि पढ्नुस् 

ठमेलको ज्याठामा आगलागी, करिब १० करोड क्षति भएको अनुमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?