Comments Add Comment

प्रदेश ३ सरकार र गैरआवासीय नेपाली संघबीच लगानी सम्झौता

११ वैशाख, हेटौंडा । प्रदेश ३ को भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालय र गैर आवासीय नेपाली संघबीच आधुनिक कृषि वजार परियोजना संचालन गर्ने समझदारी भएको छ ।

कृषिलाई जनस्वास्थ्यमुखी र आत्मानिर्भर बनाउन गैर आवासीय नेपाली संघ, कृषि प्रवद्र्धन समितिबाट प्रशोधन केन्द्रसहितको मुना आधुनिक कृषि वजार परियोजना सञ्चालन गर्न बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

प्रदेश सरकारका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. योगेन्द्र कार्की र गैर आवासीय नेपालीसंघका तर्फवाट आवासिय नेपाली संघ, कृषि प्रवर्द्धन समितिका संयोजक युवराज गुरुङले समझदारीपत्रमा हस्ताक्षर गरे ।

दुई अर्ब पचास करोडको परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार लगायतका कामहरु प्रदेश सरकारले गर्ने र अन्य भौतिक निमार्णको काम गैर आवासीय नेपाली संघ, कृषि प्रवर्द्धन समितिले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघको विदेशको अनुभव र पूँजीलाई नेपालको कृषि क्षेत्रमा प्रयोग गर्दा नेपालको आर्थिक सामाजिक विकासमा टेवा पुग्ने बताइएको छ ।

प्रदेश सरकारले लगानी सम्मेलन गरेको केही दिनमै गैर आवासीय नेपाली संघले प्रदेश तिनको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयसंग गरेको लगानी सम्झौतालाई उपलव्धीको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment