Comments Add Comment

सन्दीप परे प्लेइङ इलाभेनमा, दिल्ली टस जितेर ब्याटिङ गर्दै

१५ वैशाख, काठमाडौं । इन्डियन पि्रमियर लिग (आईपीएल) अन्तर्गत रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध दिल्ली क्यापिटल्सको प्लेइङ इलाभेनमा सन्दीप लामिछाने परेका छन् ।

फिरोज शाह कोट्लामा केही बेरपछि सुरु हुने बेंग्लोरविरुद्ध खेलमा सन्दीपले जारी आईपीएलमा आफ्नो छैटौं खेल खेल्ने भएको हो । यसअघि दिल्लीको ११औं खेल सकिदासम्म सन्दीपले पाँच खेलमा मात्रै खेल्ने मौका पाएका थिए ।

सन्दीपले जारी आईपीएलमा ५ खेल मात्रै खेल्न पाएका छन् । थोरै खेल खेलेपनि उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् भने ८ विकेट लिइ सकेका छन् ।

आफ्नै घरेलु मैदान कोट्लामा हुने खेलमा दिल्ली स्पष्ट जित हात पार्दै प्लेआफमा पुग्ने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ । दिल्ली अहिले लिगको तेस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्लीले सात खेलमा जित र चार खेलमा हार ब्यहोर्दै १४ अंक बनाएको छ ।

बेंग्लोरलाई पराजित गरे दिल्ली लिगको शीर्ष स्थानमा उक्लिने छ भने प्लेअफमा पुग्ने सम्भावना झनै बलियो बन्नेछ । किनभने दिल्लीले बेंग्लोरपछि दुई खेल खेल्नेछ ।

यता, प्लेअफमा पुग्ने आफ्नो अंक गणितीय सम्भावना मात्रै कायम रहेको बेंग्लोर पनि दिल्लीलाई पराजित गर्दै झिनो आशालाई कायमै राख्ने दाउँमा छ । लिगको पुछारमा रहेको बेंग्लोरले ११ खेलमध्ये ७ खेलमा हार ब्यहोरको छ भने चार खेलमा मात्रै जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment