+
+

‘जात्रै जात्रा’बाट प्रदिपलाई सफलताको ह्याट्रिक गर्ने अवसर

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते ११:२०

लामो समय मह संचारमा अवाद्ध भएर काम गरेका निर्देशक प्रदिप भट्टराई आफ्नो तेश्रो प्रोजेक्ट ‘जात्रै जात्रा’ मार्फत दर्शकमाझ आउँदैछन् । जेठको ३ अर्थात शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘जात्रै जात्रा’ उनका लागि ठूलो अवसर बनेर खडा हुँदैछ ।

प्रदिपले निर्देशन गरेको पहिलो चलचित्र ‘जात्रा’ हिट भएको थियो । दोश्रो चलचित्र ‘शत्रु गते’ले बम्पर कारोबार नै गर्यो । प्रदिपले दुबै चलचित्रमा निर्देशकिय जादु छरेका थिए । उनै, भट्टराइको निर्देशनमा बनेको तेश्रो चलचित्र ‘जात्रै जात्रा’ दर्शकका लागि कौतुहल र उत्सुकतामा छ ।

विशेषगरि, चलचित्रको कमेडी शैली, कथावस्तु, पात्रहरुको अभिनय आदिले पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहेका छन् । ‘जात्रा’लाई दर्शकले सर्वाधिक रुचाएका कारण पनि यसको सिक्वेल प्रतिक्षामा हुनु स्वभाविक नै हो ।
अर्कोतिर, यो चलचित्र हिट भएको खण्डमा प्रदिपले सफल निर्देशनमा ह्याट्रिक समेत गर्नेछन् ।

लगातार, ३ चलचित्र हिट दिने निर्देशक निकै कम छन् । के प्रदिप भट्टराइको यो रेकर्ड राख्ने सफल निर्देशकको सूचीमा पर्लान् ? शुक्रबारबाट सबै कुरा चलचित्रले बोल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?