+
+

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १४:१८

१७ साउन, काठमाडौं । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट भएको छ । घटनामा पूर्णबहादुर राजी घाइते भएका छन् ।

कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए ।

घटनालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको छ भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ ।

विवादको कारणबारे अनुसन्धान भइरहेको ललितपुर प्रहरीका डीएसपी नारायण चिमरियाले अनलाइनखबरसँग बताए ।

दुवै जना कोठाबाहिर घाम तापेर बसेका थिए । झगडा हुनुअघि उनीहरू एकअर्काको जुम्रा हेरिरहेको अवस्थामा अन्य कैदीबन्दीले देखेका थिए ।

एक्कासी कुटाकुट भएपछि अन्य कैदीबन्दीले छुट्टाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?