
२३ भदौ, काठमाडौं । प्रहरीले तीन वर्ष पुरानो बलात्कार सम्बन्धी घटनामा फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुम्ला घर भइ बसुन्धारा बस्ने ३१ वर्षका मनोज खत्री छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले खत्रीलाई पक्राउ गरिएको पुष्टि गरे ।
उनका अनुसार २० माघ ०७४ मा खत्रीले बुद्धनगरमा एक महिलामाथि बलात्कार गरेको उजुरी परेको थियो ।
फरार अभियुक्त खोजतलास गर्ने क्रममा बसुन्धाराबाट पक्राउ गरी अनुसन्धानका लागि महागनरीय प्रहरी वृत्त, बानेश्वर पठाइएको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4