+
+

आयोजक एसकेडियुएन टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १९:२९

६ पुस, काठमाडौं । आयोजक सोतोकान कराते डो संघ (एसकेडियुएन) काठमाडौंमा जारी तेश्रो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप २०१९ को टिम च्याम्पियन बन्न सफल भएको छ । आयोजकले १२ स्वर्ण पदक हात पार्दै टिम च्याम्पियन बन्न सफल भएको हो ।

दोश्रो स्थानमा नेपाल निहोन सोतोकान कराते संघ र तेश्रो स्थानमा इन्टरनेशनल मार्सल आर्ट संघ (आईएमए) भए । निहोनले २ स्वर्ण र आईएमएले एक स्वर्ण हात पारेको छ ।

प्रतियोगितामा आयोजक एसकेडियुएनका सागर चौलागाई पुरुष तर्फ र आईएसकेएफ सोतोकानकी खुस्बु जैसवाल महिला तर्फ उत्कृष्ट खेलाडी घोषित भए ।

बूढानीलकण्ठ नगरपालिका २ महादेव खोलास्थित एसकेडियुएनको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको अनुशासित टिममा डब्लुएकेएफ सोतोकान कराते संघ रह्यो । आयोजक संघका विजय राई र आश्था थामी उदियमान खेलाडी घोषित भए ।

नेपाली कांग्रेसका नेता पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंहले उद्घाटन गरेको प्रतियोगितामा विभिन्न जिल्ला र आयोजकका गरि १५० खेलाडीहरुको सहभागिता रहेको आयोजक संघका महासचिव एवं सहायक मुख्य प्रशिक्षक गोविन्द श्रेष्ठले जानकारी गराए ।

विजयी खेलाडीहरुलाई बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेल लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?