Comments Add Comment

राना थारुलाई छुट्टै जातको मान्यता

२३ माघ, काठमाडौं । सरकारले राना थारुलाई छुट्टै जातमा सूचीकरण गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

राना थारु छुट्टै जातमा सूचीकृत भएपछि आदिवासी/जनजाति अन्तर्गतका जात वा समुदायको संख्या ६० पुगेको छ । आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातलाई आदिवासी/जनजाति परिभाषित गरेको छ ।

ऐन अनुसार आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय ‘आदिवासी/जनजाति’ हुन् ।

संविधानमा थारु आयोग र आदिवासी जनजाती आयोग गठनको व्यवस्था गरिएको छ ।

नेपालमा राना थारुको जनसं‌ख्या करिब ३ लाख ५० हजार जना रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment