Comments Add Comment
ललिता निवास जग्गा प्रकरण :

पूर्वप्रधानमन्त्री जोगिए, गच्छदारसहित १७५ विरुद्ध मुद्दा (सूचीसहित)

२२ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी/सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित दुई पूर्वमन्त्री र तीन पूर्वसचिवसमेत १७५ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

ललिता निवासको ११४ रोपनी जग्गा कब्जा गरेको आरोपमा अदुअआले उनीहरूविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अदुअआले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वय डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध मुद्दा दायर गरेको छ । गच्छदार र श्रेष्ठलाई समान ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो तोकेको छ । त्यस्तै, पूर्वमन्त्री जोशीसँग ७ करोड ८ लाख ४८ हजार विगो माग गरिएको छ ।

पूर्वसचिवहरूमध्ये अख्तियारको प्रमुख आयुक्त भइसकेका दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दुबैसँग जनही ९ करोड ६५ लाख ७६ हजार विगो मागिएको छ । सचिव हुँदा भ्रष्टाचार गरेको अभियोग लागेका बस्न्यात अवकाशपछि अदुअआका पूर्व प्रमुख आयुक्त र पन्त मन्त्री बनेका थिए ।

अर्का पूर्वसचिव एवं गीतकार दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार बिगो तोकिएको छ ।

त्रिमूर्तिसँग डेढ अर्ब बिगो माग

रामप्रसाद सुवेदी, मिनबहादुर गुरूङ र शोकाकान्त ढकाल

ललिता निवासको जग्गा गैरकानूनी तरिकाले कब्जा गरेर व्यक्तिगत सम्पत्तिसरह बेचविखन गर्न रामकुमार सुवेदी, शोभाकान्त ढकाल र मीनबहादुर गुरुङले प्रमुख भूमिका खेलेको अदुअआको ठहर छ ।

अदुअआले सुवेदीसँग ५२ करोड ५१ ला ख, ढकालसँग ३९ करोड २७ लाख र गुरुङसँग ३९ करोड २७ लाख बिगो मागेको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सुवेदी र ढकालले शक्ति केन्द्रसँग च्यानल मिलाउनेदेखि कर्मचारीहरूलाई किनबेच गर्ने काम गरेका थिए । पैसाकै बलमा उनीहरूले राजकुलो, बाटो, पोखरीको जग्गामा समेत मोही कायम गर्ने, अदुअआ, सतर्कता केन्द्र र मालपोतमा परेका उजुरीलाई निस्तेज पार्ने गरेका थिए ।

स्रोतका अनुसार भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक समेत रहेका गुरुङ आर्थिक जोहो गर्ने, सरकारी जग्गा बेच्ने र जग्गा संरक्षण अभियन्तालाई धम्काउनेसम्मका काम संलग्न थिए ।

राष्ट्र सेवक कर्मचारी/पदाधिकारीलाई अनुचित प्रभाव पारी ललिता निवास क्याम्पाभित्रको सरकारी, सार्वजनिक जग्गा गैरकानूनीरुपमा आफ्नो र आफन्तका नाममा गराउने, हाल साविक गराउने, कृत्रिम मोही खडा गराउने, बेचविखन गर्ने, व्यक्ति विशेषको नाममा पार्ने गरेर आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पुर्‍याएको अभियोग छ ।

जग्गा धनी र मोही हुँ भन्नेविरुद्ध मुद्दा

अदुअआले आफूलाई ललिता निवास क्याम्पाभित्रको जग्गा धनी र मोही दाबी गर्ने मध्ये ३१ जनालाई प्रतिवादी बनाएको छ । जग्गा धनी दाबी गर्दै आएका रुक्म समशेर जबरा, हाटक समशेर जबरा, हेमन समशेर जबरा, सुनीती राणा, शैलजा राणा, हेमाद्री समशेर जबरालाई पनि विपक्षी बनाइएको छ ।

राणा परिवारमाथि सरकारले बकाइदा मुआब्जा दिएर अधिग्रहण गरेको करिब १०० रोपनी जग्गा राष्ट्र सेवक कर्मचारी/पदाधिकारीलाई अनुचित प्रभाव पारी सरकारी, सार्वजनिक जग्गा गैरकानूनी रुपमा आफ्नो नाममा दाखिल खारेज दर्ता, हाल साविक गराई आफूलाई प्रत्यक्ष लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी पुर्‍याएको अभियोग छ ।

जो विरुद्ध मुद्दा चलेन

अदुअआले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको छ । मन्त्रीपरिषदले सामूहिक रुपमा गरेका निर्णयहरू अदुअआको क्षेत्राधिकारमा नपर्ने भन्दै उसले मुद्दा चलाउन इन्कार गरेको हो ।

‘तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान भएता पनि निजीहरुको हकमा केही गरिरहनु परेन’, अदुअआले आफ्नो निर्णयमा भनेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल विरुद्ध पनि मुद्दा चलाउनु नपर्ने अदुअआको निर्णय छ ।

बहालवाला न्यायाधीश रेग्मी र महासचिवका छोरा पौडेललाई भने ‘जग्गा जफत गर्ने प्रयोजनका लागि’ समेत प्रतिवादी बनाइएको छैन । ललितानिवास क्याम्पभित्रको जग्गाहरु नेपाल सरकारलाई फिर्ता गर्न सहमत भएकाले उनीहरूविरुद्ध मुद्दा चलाउन नपरेको अख्तियारको भनाइ छ ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा गठित छानविन समितिले ललिता निवासको सरकारी जग्गा अवैध तरिकाले व्यक्तिका नाममा गरेको निश्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले २८ फागुनमा विवादित जग्गा रोक्का राख्ने निर्णय गरेको थियो ।

त्रिताल समितिकै प्रतिवेदनमा टेकेर अदुअआ, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र भूमि सुधार मन्त्रालयले छुट्टाछुट्टै अनुसन्धान अगाडि बढाएको थियो ।

सीआईबीले मुलुकी ऐनको कीर्ति र ठगीसम्बन्धी कसूरमा अर्को मुद्दा दायर गर्ने तयारी गरेको छ । सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदन १६ माघमा गृह मन्त्रालयमा बुझाएको छ । स्रोतका अनुसार अदुअआको १७५ को सूचीमा नपरेका केही ‘हाइप्रोफाइल’ नाम समेत त्यसमा परेका छन् ।

सरकारी कर्मचारी र पदाधिकारीहरु

विजयकुमार गच्छदार, उप-प्रधानमन्त्री तथा मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
डम्बर श्रेष्ठ, मन्त्री, बिगो रु. ९,६५,७६,०००।-
चन्द्रदेव जोशी, मन्त्री, बिगो रु. ७,०८,४८,०००।-
दीप बस्न्यात, सचिव, बिगो रु. ९,६५,७६,०००।-
छविराज पन्त, सचिव, बिगो रु. ९,६५,७६,०००।-
दिनेशहरि अधिकारी, सचिव, बिगो रु. ७,०८,४८,०००।-
तेजराज पाण्डे, सह-सचिव, बिगो रु. ७,०८,४८,०००।-
जीतबहादुर थापा, सह-सचिव, बिगो रु. ९,६५,७६,०००।-
हुपेन्द्रमणि केसी, उप-सचिव, बिगो रु. ३०,३९,९६,०००।-
विनोदकुमार गौतम, उप-सचिव, बिगो रु. ९,६५,७६,०००।-
लक्ष्मीनारायण उप्रेती, उप-सचिव, बिगो रु. ७,०८,४८,०००।-
कलाधर देउजा, प्रमुख मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-
मुकुन्दप्रसाद आचार्य, भूमिसुधार महानिर्देशक, बिगो रु. ७५१००००।-
सुरेन्द्रमान कपाली, मालपोत अधिकृत, बिगो रु. २२६८५५००।-
धर्मप्रसाद गौतम, शाखा अधिकृत, बिगो रु. ७८,२४,२००।-
जगतप्रसाद पुडासैनी, नायब सुब्बा, बिगो रु. २,२६,८५,५००।-
युक्तप्रसाद श्रेष्ठ, खरिदार, बिगो रु. २,२९,५७,४००।-
रुद्रकुमार श्रेष्ठ, महानिर्देशक, बिगो रु. १३,२३,७२,०००।-
पुष्पराज उपाध्याय, निर्देशक, बिगो रु. १३,२३,७२,०००।-
इन्द्रप्रसाद ढुंगाना, शाखा अधिकृत, बिगो रु. १३,२३,७२,०००।-
टिकाराम घिमिरे, प्रमुख मालपोत अधिकृत, बिगो रु. १३,६५,७२,०००।-
टिकाबहादुर बिसी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
जीवनाथ पोखरेल, खरिदार, बिगो रु. १३,२३,७२,०००।-
अर्जुन भण्डारी, नायब सुब्बा, बिगो रु. १३,२३,७२,०००।-
मोहम्मद साबिर हुसैन, नापी अधिकृत, बिगो रु. ४२,००,०००।-
श्रीहरि पुडासैनी, नायब सुब्बा, बिगो रु. ४२,००,०००।-
श्यामकुमार क्षेत्री, खरिदार, बिगो रु. ४२,००,०००।-
हरिकृष्ण तिम्सिना, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
परशुराम पोखरेल, मालपोत अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
कृष्णप्रसाद पौडेल, शाखा अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
प्रकाश नारायण भट्ट, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
टंकनाथ पौडेल, नायब सुब्बा, बिगो रु. ३२,१९,२०,०००।-
प्रेमबहादुर खापुङ्ग, प्रमुख मालपोत अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
अर्जुन खतिवडा, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
शंकरप्रसाद सुवेदी, भूमिसुधार अधिकारी, बिगो रु. ९,६५,७६,०००।-
अंगर सिग्देल, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
केदारप्रसाद श्रेष्ठ, नायब सुब्बा, बिगो रु. ९,६५,७६,०००।-
कमल घिमिरे, नापी अधिकृत, बिगो रु. ३२,१९,२०,०००।-
देवबहादुर लामिछाने, सर्भेक्षक, बिगो रु. ३२,१९,२०,०००।-
भरतचन्द्र अर्याल, अमिन, बिगो रु. ३२,१९,२०,०००।-
जनकबहादुर भण्डारी, नापी अधिकृत, बिगो रु. ९,६५,७६,०००।-
राजेन्द्रमान श्रेष्ठ, इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
बालकृष्ण श्रेष्ठ, सिनियर डिभिजन इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
सुरोजराज राजकणिर्कार, सुपरिटेण्डेण्ट इञ्जिनियर, बिगो रु. ९,६५,७६,०००।-
अशोकनाथ उप्रेती, महानिर्देशक, शहरी विकास, बिगो रु. ९,६५,७६,०००।-
हरिबोल आचार्य, मुख्य अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
रामेश्वर विडारी, वरिष्ठ सहायक, बिगो रु. ७,०८,४८,०००।-
सेमन्तराज चापागाइँ, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
तुलसी पोखरेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
हेमराज सुवेदी, सह-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
हरिप्रसाद जोशी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
बलिरामप्रसाद तेली, गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
दिलिपकुमार भट्ट, का.मु. गुठी प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
नवराज पौडेल, सहायक, बिगो रु. ७,०८,४८,०००।-
शैलेन्द्र पौडेल, सहायक प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
जयप्रसाद रेग्मी, उप-प्रशासक, बिगो रु. ७,०८,४८,०००।-
फणिन्द्रप्रसाद दाहाल, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
मणिकुमार राना, नायब सुब्बा, बिगो रु. ७,०८,४८,०००।-
बद्रीबहादुर कार्की, शाखा अधिकृत, बिगो रु. ७,०८,४८,०००।-
दिनेशप्रसाद शर्मा, प्रमुख मालपोत अधिकृत, बिगो रु. ७,०८,४८,०००।-

जग्गा धनी र मोही

रुक्म शम्शेर जबरा, बिगो रु. ८,२७,८२,०००।-
हाटक शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
हेमन शम्शेर जबरा, बिगो रु. १,३५,२२,०५०।-
सुनिती राणा, बिगो रु. ८,६९,८२,०००।-
शैलजा राणा, बिगो रु. ९,६३,०४,०५०।-
हेमाद्री शम्शेर जबरा, बिगो रु. ४२,००,०००।-
बिलबहादुर महर्जन, बिगो रु. ३,००,०००।-
हर्ष महर्जन, बिगो रु. ४४,८०,०००।-
डीएल डेभलपर्स प्रा.लि., बिगो रु. ५,४४,००,०००।-
माधवी सुवेदी, बिगो रु. ९१,२०,०००।-
उमाकुमारी ढकाल्नी, बिगो रु. ९१,२०,०००।-
श्रीकृष्ण महर्जन, बिगो रु. १,९०,४०,०००।-
चमेली श्रेष्ठ, बिगो रु. ३,२८,००,०००।-
कान्छा महर्जन, बिगो रु. ५२,८०,०००।-
देवनारायण महर्जन, बिगो रु. २,९७,६०,०००।-
तीर्थमाया महर्जन, बिगो रु. ६७,२०,०००।-
रेना गुरुङ्ग, बिगो रु. २,२७,२०,०००।-
बाबुराजा महर्जन, बिगो रु. ३,४४,००,०००।-
मचानानी महर्जना, बिगो रु. १,५५,२०,०००।-
ग्वाराभाइ महर्जन, बिगो रु. १,८८,८०,०००।-
द्वारिकामान महर्जन, बिगो रु. ३,५८,७२,०००।-
रजनी पनेरु, बिगो रु. ४०,००,०००।-
बाबा कार्की, बिगो रु. ३,२८,००,०००।-
अगम ढुंगाना, बिगो रु. ३,२८,००,०००।-
खेमलाल खरेल, बिगो रु. ३,२८,००,०००।-
मिनबहादुर गुरुङ, भाटभटेनी, बिगो रु. ११,२०,००,०००।-
लक्ष्मी ढकाल, बिगो रु. ३,२८,००,०००।-
तीर्थमाया महर्जन, बिगो रु. ३,९०,४०,०००।-
देवरानायण महर्जन, बिगो रु. ३,०६,७२,०००।-
मोहन महर्जन, बिगो रु. २,६२,०८,०००।-
सञ्जयकुमार महर्जन, बिगो रु. २७,३६,०००।-
सकुलानन्द महर्जन, बिगो रु. २७,३६,०००।-

सरकारी जग्गा कमिसनमा लिनेहरु

शोभाकान्त ढकाल, बिगो रु. ३९,२७,६८,०००।-
रामकुमार सुवेदी, बिगो रु. ५२,५१,४०,०००।-
मिनबहादुर गुरुङ, बिगो रु. ३९,२७,६८,०००।-

इन्द्रबहादुर थापा क्षेत्री, बिगो रु. ६,२३,५००।-
शान्ति मल्ल प्रधानाङ्ग, बिगो रु. ६,२३,५००।-
मिठुदेवी चापागाईँ, बिगो रु. ६,२३,५००।-
सरस्वतीकुमारी श्रेष्ठ, बिगो रु. ६,२३,५००।-
निर्मलादेवी श्रेष्ठ, बिगो रु. २,७१,९००।-
मोहनप्रसाद भट्टराई, बिगो रु. ४,६४,२००।-
बैकुण्ठ शर्मा रेग्मी, बिगो रु. १,५०,०००।-
खिमादेवी आङबुहाङ, बिगो रु. २,८६,०००।-
शशिकला सुब्बा, बिगो रु. १,७८,२००।-
विद्या पौडेल गौतम, बिगो रु. १,३१,३००।-
सोदा कुमारी चापागाईं, बिगो रु. ९३,७५०।-
भुवन कुमारी चापागाईं, बिगो रु. ७,५९,४००।-
उर्मिला शाह, बिगो रु. २,८६,०००।-
रामनाथ घिमिरे, बिगो रु. १,७८,२००।-
रामकल्याण अधिकारी, बिगो रु. ७,५९,४००।-

जग्गा जफत माग गरिएका जग्गाधनी

कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंसकार, गैरआवासीय नेपाली संघ, कामना गुरुङ, कल्याण गुरुङ, सजनकुमार चाचान, देवांन्क्षी गोयल, सरस्वती घले गुरुङ, सरला घले, मनोजकुमार केडिया, मनोजकुमार गौतम, मन्ती गोर्खाली, निर्मलादेवी गोयल, निकिता तुलाधर, अमिताम्भ तुलाधर, उमा प्रसाईं, युरिशोभा तुलाधर, रेणुका बज्राचार्य, सुविस्ता तुलाधर, अञ्जना तुलाधर, चन्दि्रका कंसाकार, सानुछोरी बज्राचार्य, सिपिका खेतान, सुष्मा बज्राचार्य, सन्ध्या शाक्य, संगिता राखेचा, नुतन श्रेष्ठ, धर्मशोभा शाक्य, डिम्पल वंशल, सरिता मानन्धर, गीता गौतम, नितु गुरुङ, रीता ओझा, रत्नहिरा बज्राचार्य, प्रतिमा वैद्य प्रधान, प्रविण ताम्रकार, विजय ताम्राकार, माया शेर्पा, महेशराजा तुलाधर, द्वारिकादेवी श्रेष्ठ, इन्द्रदेव गुरुङ, इन्दु शर्मा, सन्दिप ढकाल, भवानी जोशी, भारती पाण्डे, विवेककुमार सुवेदी, केशव तुलाधर, अनिता देवी कंसाकार, ओमः विरमान ताम्रकार, अनिलमान ताम्रकार, गोविन्दलाल संघाई, गायत्री श्रेष्ठ, सानुकान्छा भन्ने पञ्च नारायण महर्जन, राधा सिग्देल आचार्य, मचाबाबु प्रजापति, रुपेसकुमार सुवेदी, सरोज ढकाल, पहलमान गुरुङ, पुरुषोत्तम पौडेल, प्रमोद शेरचन, कनक हर्बल, च्युतराज श्रेष्ठ, विजेन्द्र जोशी, द्रीलक्ष्मी श्रेष्ठ

अभियोगपत्रको संक्षेप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment