Comments Add Comment

बालुवाटारमा बाँसुरी बजाउँदै प्रधानमन्त्री !

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यही कारण प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक कार्यक्रमहरु भइरहन्छन् । मंगलबार राति पनि बालुवाटारको माहौल संगीतमय बन्यो । प्रधानमन्त्री ओली आफैंले बाँसुरी बजाए । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपालले सारंगी रेटे ।

बालुवाटारमा मंगलबार साँझ मदन भण्डारी कला साहित्य प्रतिष्ठान र संगीत तथा नाट्य संगीत प्रतिष्ठानको सहकार्यमा ‘नेपाली मौलिक धूनहरु सारंगी साँझ’ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा कलाकारहरुले सांगीतिक धूनहरु पस्केका थिए भने प्रधानमन्त्री निवासका तर्फबाट रात्रीभोज पस्कने काम भएको थियो ।

सारंगी साँझका अवसरमा बालुवाटारको भवन दिपावलीमा जस्तै झकिझकाउ पारिएको थियो ।

‘सारंगी साँझ’ मा सत्तारुढ दलका शीर्ष नेताहरु, बहालवाला मन्त्रीहरु र संगीतका पारखीका साथै भर्खरै राजीनामा दिएका उच्चपदस्थ कर्मचारीसमेत देखिन्थे । सारंगी साँझ सुरु हुनुअघि बालुवाटारमै भएको सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले सारंगी साँझमा सहभागी हुन पत्रकारहरुलाई पनि निम्तो दिएका थिए ।

यो पनि पढ्नुहोस सम्पादकसँग प्रधानमन्त्री : एक ब्याटिङमा रिसाउन भएन !

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सारंगी साँझमा समेत सहभागिता जनाउने गरी सम्पादकहरुसँगको छलफल एकै दिन पारिएको बताए । सम्पादकहरुसँग प्रधानमन्त्री ओलीले भनेका थिए, ‘आज सारंगीको धून सुन्ने कार्यक्रम छ, तपाईंहरु ८ बजेसम्म जान पाउनुहुन्न ।

प्रधानमन्त्रीले नेकपाको केन्द्रीय कमिटी बैठक सकिएका दिन आइतबार पनि बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुलाई रात्रीभोज दिएका थिए । र, त्यहाँ पनि सांगीतिक माहौल छाएको थियो ।

यो पनि पढ्नुहोस एउटा किड्नी फेर्छु अनि बेस्सरी काम गर्छु : प्रधानमन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment