+
+

भारतमा एकैदिन भेटिए ८३ हजारभन्दा धेरै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १८ गते ११:४९

१८ भदौ, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का ८३ हजार ८३३ नयाँ संक्रमित फेला परेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३८ लाख ५३ हजार ४०७ पुगेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरुसको कारण मृत्यु हुनेको संख्या पनि ६७ हजार ३७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ४३ जनाको मृत्यु भएको हो ।

संक्रमित संख्या र मृतकको आधारमा भारत कोरोना भाइरसबाट तेस्रो सबैभन्दा प्रभावित मुलुक हो । यो सूचीको पहिलोमा अमेरिका र दोस्रोमा ब्राजिल छन् ।

अहिलेसम्म भारतमा कोरोना भाइरसबाट निको वा डिस्चार्ज हुनेको संख्या पनि २९ लाख ७० हजार ४९३ पुगेको छ । त्यस्तै आठ लाख १५ हजार ५३८ संक्रमित निको हुन बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?