Comments Add Comment

हमाल भन्छन्–‘चलचित्र भवन खोल्न हतारिनु हुदैन’

चलचित्रकर्मीहरुले चलचित्र हल खोलेर चलचित्र क्षेत्रलाई चलायमान बनाउन आग्रह गरिरहेको समयमा नायक राजेश हमालले भने हल खोल्नु अगाडि संयमता अपनाउनुपर्ने बताएका छन् । मिडिया कुराकानीका क्रममा नायक हमालले भने–‘चलचित्र हल, चलचित्र निर्माण र प्रदर्शन सुचारु गर्नुपर्छ । तर, जबरजस्ती गर्नु पनि हुँदैन । अहिले हामीलाई स्थिती सहज लागेपनि त्यस्तो छैन । यसमा संयमता अपनाउन आवश्यक छ ।’

हमालले अहिले जबरजस्ती अहिले हल खोल्दा भोलीका दिन संक्रमण फैलियो भने त्यसले समस्या निम्त्याउने पनि तर्क गरेका छ । उनले सहज भएको अवस्थामा खोल्नुपर्ने तर्क गरे ।

नायक राजेश हमालले एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहँदा विभिन्न खालका टिप्पणी पनि भैरहेका छन् । तर, नायक हमाल भने म्यूजिक भिडियो आफ्नो विधा नभएको बताउँछन् । उनले, आफू चलचित्रको कलाकार भएकाले म्यूजिक भिडियो नियमित नगर्ने पनि उल्लेख गरेका छन् ।

उनले कुनै चलचित्रको काम सुरु भएपछि आफू त्यता लाग्ने पनि उल्लेख गरे । कहिलेकाही म्यूजिक भिडियोमा काम गर्दा रमाइलो लाग्ने हमालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment