Comments Add Comment

वैवाहिक वर्षगाँठमा पत्नीलाई उपहार, चन्द्रमामा ३ एक्कड घडेरी !

प्रेममा प्रायः मानिसहरु आकाशका तारा झारिदिने वा चन्द्रमा टपक्क टिपेर हातमा हालिदिनेे सपना देख्छन् देखाउँछन् । तर यो कुरा यथार्थमा भने गर्न असम्भव हुन्छ ।
यहीँ असम्भव कुरालाई भारतका एक व्यक्तिले चाहिँ सम्भव तुल्याइदिएका छन् ।

ब्राजिलका एक व्यक्तिले आफ्नो आठौँ वैवाहिक वर्षगाँठको अवसरमा आफ्नी पत्नीलाई चन्द्रमामा घडेरी किनेर उपहार दिएका छन् ।

वैवाहिक वर्षगाँठमा पत्नीलाई चन्द्रमाको ३ एक्कड जमिन किनेर उपहार दिने धर्मेन्द्र अनिजा नामका ती व्यक्ति सायद दुनियाँका पहिलो व्यक्ति हुन् ।

भारतीय मूलका धर्मेन्द्र हाल ब्राजिलमा कार्यरत छन् । उनले अमेरिकाको न्युयोर्क सिटीस्थित लुनार सोसाइटी इन्टरनेसनल नामक कम्पनीमार्फत् चन्द्रमामा घडेरी खरिद गरे ।

चन्द्रमाको १४.३ डिग्री उत्तरी अक्षांश तथा ५.६ पूर्वी देशान्तरमा उनले ३ एक्कड जमिन खरिद गरेका हुन् ।

चन्द्रमामा जमिन खरिद गरेसँगै धर्मेन्द्रले चन्द्रमाको नागरिकतासमेत प्राप्त गरेका छन् र भविष्यमा उनलाई चन्द्रमामा थप जमिन खरिद बिक्री गर्ने अधिकारसमेत प्रदान गरिएको छ ।

चन्द्रमामा आफूले किनेको घडेरीको लालपुर्जा उनले वैवाहिक एनिभर्सरीको दिन पत्नी सपनालाई उपहार दिए ।

वर्षगाँठको समारोहमा पत्नीसँग केट काटिसकेपछि उनले चन्द्रमाको घडेरी सरप्राइज उपहार पत्नीलाई दिएका हुन् ।

एनिभर्सरीमा पतिबाट चन्द्रमाको घडेरी उपहार पाएपछि सपना निकै खुसी र इमोसनल पनि भइन् ।

चन्द्रमामा ३ एक्कड जमिन किन्दा कति रकम खर्च भयो त ? यो जान्ने चाहना सबैको होला । तर धर्मेन्द भने यसको मूल्य बताउन चाहँदैनन् । उपहारको मूल्य नहुने अर्थात् अनमोल हुने उनको तर्क छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment