+
+

फिल्मको काम सुरु हुन नसक्दा नराम्रो लागेको छः वर्षा राउत

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ९ गते १६:४२

नायिका वर्षा राउतले लकडाउन अगाडि नै साइन गरेका २ चलचित्रको काम अगाडि बढ्न सकेको छैन । चलचित्र ‘२ नम्बरी’को छायांकन केही प्रतिशत भएपछि काम रोकिएको थियो । करिब एक बर्ष भैसक्दा पनि ‘२ नम्बरी’को काम सुरु हुन सकेको छैन । अब, यो चलचित्रको छायांकन आउँदो बर्षको भदौमा सुरु हुँदैछ ।

यस्तै, चलचित्र ‘के घर के डेरा’को छायांकन पनि कहिलेबाट सुरु हुन्छ टुंगो छैन । यस्तो अवस्थामा काम सुरु नहुँदा नायिका वर्षा राउत के सोचिरहेकी होलिन् ?

नायिका राउतले अनलाइनखबरसँग कुरा गर्दै भनिन्–‘अलीअली नराम्रो त लागिहाल्छ नी । एक बर्ष अगाडिदेखि काम रोकिएको छ । २ नम्बरीको त फेरि रिसुट नै हुन्छ होला । भुटानबाट नायिका आउन नसक्दा काम सुरु हुन नसकेको हो ।’

उनले, काम सुरु गर्ने रहर सबैमा हुने र आफूमा भने रहेको बताइन् । उनले भनिन्–‘मलाई पनि चलचित्रको कामको सुरुवात कहिलेबाट हुन्छ भन्ने लागेको छ । तर, केही यस्ता राम्रा म्यूजिक भिडियोहरु आउँदा भने मन हलुंगो हुन्छ । कतिपय प्रोजेक्टहरु त चलचित्र भन्दा पनि कम छैनन् ।’

नायिका राउतले सरोज वलीको निर्देशनमा बनेको ‘ब्रेकअप गरौंला’ बोलको गीतको भिडियो स्तरिय बनेको बताउँदै भनिन्–‘यो भिडियोको छायांकनका क्रममा सरोज वलीजीले कुनै चलचित्रको भन्दा कम गर्नु भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?