+
+

माओवादी स्थायी समिति बैठक : नेताहरुको कार्यविभाजनका विषयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १२:५०
फाइल तस्वीर

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक आइतबार सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो ।

बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । आइतबारको केन्द्रीय समिति बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने उनले जानकारी दिए ।

‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिश गर्ने समझदारी बनाएका छौं, आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउनेछन्, त्यसपछि त्यसको व्याख्या र निष्कर्षको लागि स्थायी समितिको बैठक भोलि बस्नेछ ।’

आइतबारको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?