Comments Add Comment

प्रदेश ७

List Grid
डडेल्धुराको क्वारेन्टिनमा एक महिलाको मृत्यु

२१ जेठ, कैलाली । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए । ‘राति श्रीमानसँगै […]

कैलालीका ५ संक्रमितलाई अस्पतालले भर्ना गरेन

२१ जेठ, कैलाली । कैलालीको गौरिगंगा नगरपालिकाका ५ जना कोरोना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले भर्ना नगरी फिर्ता गरिदिएको छ । मंगलबार राति अस्पताल पुर्याइएका ५ जनालाई आइसोलेसन वार्ड अभाव भएको भन्दै अस्पतालले भर्ना नगरेको गौरिगंगा नगरपालिकाका प्रमुख भिम देउवाले बताए । अस्पतालले भर्ना नगरेपछि संक्रमितहरुलाई मन्दिरको हलमा राखिएको छ । ‘अस्पतालले फिर्ता गरेपछि हामीले उहाँहरुलाई […]

सुदूरपश्चिममा जम्मा १८० आईसोलेसन वार्ड

२० जेठ, कैलाली । कोरोना संक्रमितको उपचार गर्न कैलालीको टीकापुर अस्पतालले तयार पारेको १२ शय्याको आइसोलेसन अहिले भरिभराउ छ । सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालको रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा २४ शय्याको आइसोलेसन छ, तर २५ संक्रमित उपचार गराइरहेका छन् । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठ भन्छन् ‘हाललाई त्यसैमा बेड थप गरेर व्यवस्थापन गरेका छौं’ अझै […]

दार्चुलामा डा. केसीको दुई दिने अनसन सुरु

२० जेठ, डोटी । चिकित्सा शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीले मंगलबार दार्चुलामा अनसन सुरु गरेका छन् । सदरमुकाम खलंगाको जगन्नाथ मन्दिरमा उनले १८ औं अनसन सुरु गरेका हुन् । यसअघि चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बस्दै आएका डा. केसीले यसपटक भने सीमा सुरक्षाको बिषयलाई पनि जोडेका छन् । ‘सीमाञ्चल लगायत […]

सुदूरपश्चिमको नीति तथा कार्यक्रम : रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ

१९ जेठ कैलाली । कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका कार्यक्रमलाई प्राथमिकता दिदै सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सोमबार प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आगामी आर्थिक बर्ष २०७७/०७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । प्रदेश सरकारले कोरोना भाइरसको महामारीपछि प्रभावित भएकाहरुलाई लक्षित गर्दै नीति तथा […]

डोटीमा सेनाले बनायो अस्थायी क्वारेन्टिन

१८ डोटी, जेठ । नेपाली सेनाले डोटीको शिखर नगरपालिका-३ आलीमा अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निर्माण गरेको हो । गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले नगरपालिकाले अस्थायी क्वारेन्टिन  निर्माणका लागि सहयोग गर्न माग गरेपछि आफूहरुले क्वारेन्टिन तयार गरेको बताए […]

बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

१८ जेठ, कैलाली । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका […]

डडेल्धुरामा क्वारेन्टिनमा बसेका बालकको मुत्यु

१८ जेठ, डोटी । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए […]

कैलालीका सात स्थानीय तह मिलेर कोरोना अस्पताल सञ्चालन गर्दै

१७ जेठ, धनगढी । कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह टीकापुरमा अस्थायी कोरोना अस्पताल सञ्चालनको तयारीमा जुटेका छन् । देशभरि पछिल्लोपटक कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि टीकापुर अस्पतालसँगको सहकार्यमा कैलालीका १३ मध्ये सात स्थानीय तह अस्पताल सञ्चालनका लागि तयारीमा जुटेका हुन् । कैलालीको पूर्वी भेगबाट धनगढी बिरामी पठाउँदा समस्या भएपछि स्थानीय तहका प्रमुख अस्पताल सञ्चालनको तयारीमा जुटेका […]

प्रतिपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

१४ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अवरोध गरेपछि बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताए । प्रतिपक्षी दलको अवरोधपछि बैठक बिहीबारसम्मको लागि स्थगित गरिएको हो । बुधबार बिहान ११ बजे आह्वान गरिएको बैठकमा प्रतिपक्षी दल  साढे ११ […]

सुदूरपश्चिमको प्रदेशसभामा सरकारको आलोचना

१४ जेठ, डोटी । मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशसभाको वर्षे अधिवेशनमा प्रदेश सरकारको आलोचना भएको छ । प्रतिपक्षले मात्रै होइन सत्तापक्षका सांसदले पनि सरकारको बारेमा सोच्नु पर्ने बेला आएको अभिव्यक्ति दिएका छन । प्रदेशसभाको बैठकमा बोल्दै सत्तापक्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले […]

सेती अस्पतालको आइसोलेसनमा एकजनाको मृत्यु, भारतबाट आएका थिए उनी

१४ जेठ, कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । ‘भारतबाट आएको, त्यसैमाथि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको […]

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने

१४ जेठ, कैलाली । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएका थिए । ५८ वर्षीय रानालाई सेती […]

भारतमा अलपत्र नेपालीलाई कञ्चनपुर भित्र्याइँदै

१२ जेठ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सोमबार गड्डाचौकी नाकाबाट नेपाल भित्राउँदै छ । प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कम्तिमा १२ सय नेपालीहरु भारततर्फ रहेको र उनीहरुलाई मध्याह्नबाट नेपाल भित्राइने जानकारी दिए । नेपाल प्रवेश गर्नुअघि उनीहरुलाई नाम, ठेगाना र क्वारेन्टाइनमा बसे–नबसेको विवरणसहितको फारम भराइने छ । सो फाराम […]

सुदूरपश्चिम प्रदेशसभाको बैठक मङ्गलबारदेखि

८ जेठ,अत्तरिया । सुदूरपश्चिम प्रदेशसभाको छैटौँ वर्षे अधिवेशन सञ्चालनको यही जेठ १३ गतेदेखि सञ्चालन गरिने भएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको हो । प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रदेशको बजेट ल्याउन पूर्वबजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमलगायतका एजेण्डामा छलफल गर्नुपर्ने भएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाएर […]

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु   

६ जेठ, कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका-३ का मोहन चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली […]

कोरोना संक्रमित महिला केही घण्टा बसेको कैलालीको एक टोललाई सिल गरियो

१ जेठ, कैलाली । कञ्चनपुरबाट कैलालीको अत्तरिया हुँदै काठमाडौं गएकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले अत्तरियाको विजयनगर टोललाई सिल गरिएको छ । वैशाख २८ गते कञ्चनपुरको वेदकोट नगरपालिका १० बाट काठमाडौं जाँदा उनी बसेको स्थानलाई बुधबार सिल गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ । ‘काठमाडौँ जान हिँडेकी महिला यहाँ बसेकी थिइन् […]

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी, बाग्मती पुछारमा

३० वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा बढी हुने भएको छ । केन्द्रिय तथ्यांक विभागले गरेको प्रदेशगत प्रक्षेपण अनुसार चालु आवमा सबैभन्दा राम्रो आर्थिक वृद्धिदर सुदूरपश्चिम प्रदेशमा हुने भएको छ । गत आवमा प्रदेश नं २ को आर्थिक वृद्धिदर राम्रो थियो । विभागका अनुसार यस वर्ष सुदुरपश्चिम प्रदेशको […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

३० बैशाख कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र.०२–००३ प.३३२७ नम्वरको मोटरसाइकल गौरीगंगा नगरपालिका वडा नम्वर ६ स्थित बनबेहडा नजिकै दुर्घटना हुँदा घोडाघोडी नगरपालिका वडा नम्वर १ बस्ने ५० वर्षीय धिरेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ मोटरसाइकलमा सवार १५ वर्षीय माइकल शाही घाइते भएका छन् । जिल्ला प्रहरी […]

महाकाली तरेर भित्रिए ६ नेपाली

२५ वैशाख, दार्चुला । लकडाउनका कारण भारतमै रोकिएका ६ जना नेपाली बुधबार महाकली नदी तरेर नेपाल फर्किएका छन् । चार महिनाअघि मजदुरी गर्न गएका नेपाली महाकाली नदीमा ट्युब तरेर फर्किएका हुन् । डिडिहाट क्षेत्रमा मजदुरी गर्न गएका नौगाड गाउँपालिका-३ का वीरेन्द्र ठगुन्ना, नरेशसिंह ठगुन्ना, धनसिंह ठगुन्ना, दीपकसिंह ठगुन्ना, गणेशसिंह ठगुन्ना र महाकाली नगरपालिका-५ का कृष्ण […]

विद्यालयभित्र डोजर चालक मृत भेटिए

२० वैशाख, कैलाली । धनगढीमा एक जना डोजर चालकको शव फेला परेको छ । दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगरको शव शनिबार बिहान भेटिएको प्रहरीले जनाएको छ । कैलालीस्थित धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को पञ्चोदय माध्यमिक विद्यालयमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख […]