Comments Add Comment

प्रदेश ७

List Grid
बाबुको नागरिकता नहुँदा डोटीकी युवतीले पाइनन् नागरिकता

१३ असोज, डोटी । जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता अनिवार्य चाहिने भनेपछि डोटीकी एक युवती नागरिकता प्रमाणपत्र नबनाइ फर्किन बाध्य भएकी छन् । डोटीको सायल गाउँपालिका–१ छपालीकी २० वर्षीया सुशीला रोकायाले आमा र पतिको नागरिकता, आफ्नो जन्मदर्ता प्रमाणपत्रलगायत पेश गर्दा पनि नागरिकताको प्रमाणपत्र नपाएकी हुन् । ‘आमाको नागरिकता, पतिको नागरिकता, मेरो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिहरु छन्,’ […]

धनगढीबाट परीक्षणकालीन लाइसेन्स वितरण शुरु

१३ असोज, धनगढी । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि सो निर्णय लागू भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र सुदूरपश्चिममा पनि वितरण शुरु भएको हो । सुदूरपश्चिम प्रदेशमा डिजिटल सवारी चालक अनुमतिपत्र वितरण भएदेखि अनुमती पत्रका लागी […]

माओवादी केन्द्रले दुई लाख ८५ हजार सदस्य निर्वाचित गर्नेछ : विष्णुपुकार श्रेष्ठ

११ असोज, धनगढी । नेकपा माओवादी केन्द्रले हालै गठन गरिएको पार्टीको निर्वाचन आयोगले देशभरबाट दुई लाख ८५ हजार व्यक्ति निर्वाचित हुने दाबी गरेको छ । सुदूरपश्चिमको राजधानी धनगढीमा सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोगले खुल्ला र समावेशी विधिबाट पार्टीको निर्वाचन भएर दुई लाख ८५ हजारभन्दा बढी व्यक्ति निर्वाचित हुने जनाएको छ । उक्त निर्वाचन आयोगका […]

विद्यार्थीलाई हेल्प फर ह्याप्पिनेसको सहयोग

११ असोज, धनगढी । हेल्प फर ह्याप्पिनेस सामाजिक संस्थाले विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेको छ । आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा हेल्प फर ह्याप्पिनेस सुदूरपश्चिम कमिटीले सोमबार धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित आमाको माया छात्रावासका विद्यार्थीहरुलाई कपडा र शैक्षिक सामग्री सहयोग गरेको हो । उक्त अवसरमा हेल्प फर ह्याप्पिनेस मेडिकल टिमका संयोजक दृष्टि विशेषज्ञ डा. […]

डोटीमा कांग्रेसको पालिका अधिवेशन : ४ मा निर्विरोध, ४ वटामा चुनाव, एउटामा बाँकी

१० असोज, डोटी । नेपाली कांग्रेसले डोटीका नौ स्थानीय तहमध्ये आठ स्थानीय तहमा पालिकास्तरीय समितिको नेतृत्व चयन गरेको छ । नेतृत्व चयनका क्रममा चार पालिकामा सहमतिमा चयन भएको छ भने चार पालिकामा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ । बोगटान फुडसिल गाउँपालिकामा सहमति जुट्न सकेको छैन । दिपायल सिलगढी नगरपालिकाको सभापतिमा गणेश मलासी चयन भएका […]

देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए […]

डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार, महिलासहित तीन जना पक्राउ

८ असोज, धनगढी । डडेल्धुरामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको छ । परशुराम नगरपालिका–३ मटेलाकी १३ वर्षीया बालिकामाथि शनिबार राति बलात्कार भएको प्रहरीले जनाएको छ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई इलाका प्रहरी कार्यालय जोगबुढाले नियन्त्रणमा लिएको छ । बलात्कार गर्न सघाउने बालिकाकी भाउजू नाता पर्ने २५ वर्षीया महिला र उनका प्रेमी भनिने […]

कैलालीमा दशैं सुरक्षा योजना : १७३ ठाउँमा विशेष टोली, कुकुर र ड्रोनबाट निगरानी

८ असोज, धनगढी । कैलाली प्रहरीले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ । यी चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाउँदै जिल्लाभर लागु गरिएको कैलाली प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले दशैं, तिहार र छठ […]

त्यो रात अर्को जुगेडा काण्ड हुनबाट जोगिएको कञ्चनपुरको सुन्दरनगर

६ असोज, महेन्द्रनगर । ३ कार्तिक २०७७ को राति धनगढीको अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्जसहित दुई जना प्रहरीको तस्कर समूहले विभत्स हत्या गरेर शव मोहना नदीमा फाल्यो । नेपाल–भारत सीमा नजिकै प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद तस्करी नियन्त्रणका लागि खटिएका बेला भारततर्फ लैजाँदै गरेको केराउ रोक्न खोज्दा मारिएका थिए । उनीहरुको […]

३५ वर्षमा जोडियो सहजपुर–बोगटान–दिपायल सडक

५ असोज, डोटी । निर्माण कार्य सुरु भएको ३५ वर्षपछि डोटीको सहजुर–बोगटान–दिपायल सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ । २०३८ सालमा सम्पन्न ‘राष्ट्रिय पञ्चायत’को निर्वाचनदेखि चर्चामा आएको उक्त सडकको निर्माण कार्य ०४३ सालदेखि शुरु भएको थियो । बडीकेदार गाउँपालिका–५ को लानाकेदारेश्वरदेखि बोगटान फुड्सिल गाउँपालिका–१ को बिचमा ट्रयाक खोल्न बाँकी रहेको काम आइतबार सम्पन्न भएपछि […]

भारतीय तस्कर समूहबाट सशस्त्र प्रहरीमाथि आक्रमण, ३ जना घाइते

५ असोज, धनगढी । कञ्चनपुरमा भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेहरुको दोधाराचाँदनीस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तामाङ भन्छन् -निष्ठापूर्वक काम गर्छु

२ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिलामन्त्री तारा लामा तामाङले निष्ठापूूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट शुक्रबार मन्त्रीमा नियुक्त भएका तामाङले पदभार ग्रहण गर्दै आम नागरिक र प्रदेशको हितमा इमानदारिता र निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाएका हुन् । वाषिर्क बजेट विनियोजन भइसकेको अवस्थामा आफूले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी […]

एकीकृत समाजवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा दुर्गा विक

३१ भदौ, धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् । बिहीबार बसेको संसदीय दलको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् । बैठकले संसदीय दलको कार्यालय समेत स्थापना गरेको […]

बैतडीमा शिशु हत्याको आरोपमा पक्राउ परेकी महिला कारागार चलान

३१ भदौ, बैतडी । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ परेकी एक महिला कारागार चलान भएकी छन् । बैतडी जिल्ला अदालतले डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । भदौ ६ गते आफैंले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको अभियोग कार्कीमाथि लागेको थियो । […]

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

३० भदौ, कञ्चनपुर । एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको बुधबार एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले […]

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

३० भदौ, धनगढी । कञ्चनपुुरमा एम्बुुलेन्सको ठक्करबाट एकजना पैदल यात्रीको मृत्युु भएको छ । पूूर्वपश्चिम राजमार्ग अन्तरगतजिल्लाको कृष्णपुुर नगरपालिका-५ मा महेन्द्रनगरतर्फ जादै गरेको नगरपालिका -५, पूर्व पश्चिम राजमार्गमा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको म१च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा स्थानीय ४५ वर्षका कृष्णबहादुर ऐरको मृत्युु भएको प्रहरीले जनाएको छ । सुुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुुसार एम्बुुलेन्सको […]

सुदूरपश्चिममा ज्यान मार्ने उद्योगका घटना बढे

२९ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार विगत ४ वर्षमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको हो । सुदूरपश्चिम प्रदेशमा चार वर्षको अवधिमा २८२ वटा जाहेरी ज्यान मार्ने उद्योगमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४/७५ मा ज्यान मार्ने उद्योग शीर्षकमा ४८ जाहेरी […]

कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनले गर्‍यो तालाबन्दी

२८ भदौ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका कार्यालयमा पाँच दलीय गठबन्धनले तालाबन्दी गरेको छ । आफूूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनुपर्ने […]

सुदूरपश्चिमको स्थायी राजधानी घोषित तेघरीमा भौतिक पूर्वाधार निर्माण गर्न माग

२४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाउन राजनीतिक दलहरुले माग गरेका छन् । राजधानी घोषणा भएको तीन वर्षसम्म कुनै काम हुन नसकेको भन्दै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भौतिक संचरना निर्माणको काम अघि बढाउन माग गर्दै बिहीबार मुख्यमन्त्री त्रिलोचन भट्ट र […]

डोटीमा एमालेका तीन जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी 

२१ भदौ, डोटी । डोटीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का र सायल गाउँपालिका–३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले एकीकृत समाजवादी रोजेका हुन् । उनीहरुले सोमबार जिल्ला निर्वाचन कार्यालय, डोटी पुगेर एकीकृत समाजवादीको पषमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी […]

सुदूरपश्चिममा सवारी दुर्घटना : पाँच वर्षमा ८ सय जनाभन्दा बढीको मृत्यु

१८ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधिमा ८५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । पाँच वर्षको अवधिमा एक हजार ४२९ सवारी दुर्घटना भएका छन् । उक्त अवधिमा दुर्घटनामा परी एक हजार ९६० जना गम्भीर घाइते भए । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा […]