
२९ जेठ, धनगढी । कैलालीमा चट्याङ लागेर युवककाे मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–२ काे झिलमा चट्याङ लागेर साेही ठाउँका २६ वर्षीय उपेन्द्र बहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले दिउँसो करीब १२ बजेतिर चट्याङ लागेर शाहीकाे मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार शाहीलाई खेतमा हिंडिरहेका अवस्थामा चट्याङ लागेको थियाे ।
शाहीकाे घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतककाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4