
१९ जेठ, धनगढी । कैलालीमा डेढ किलो बढी अफिमसहित दुई जनालाई पक्राउ परेका छन् ।
लम्की-चुहा नगरपालिका–३ को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन् ।
उनीहरूलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4