
धनगढी । सुदूरपश्चिमको प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दुई जना नियुक्त भएका छन् ।
प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले नेपाली कांग्रेसका नृपबहादुर सुनार र नेकपा एमालेका कर्णबहादुर कुँवरलाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त योजना आयोगका सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन् । दुवै जनाले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।
यसअघि हिरा चन्द र शेरबहादुर भण्डारी आयोगको सदस्य भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4