१४ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल नेतृत्वको टोली अपि बेस क्याम्प यात्रामा निस्किएको छ ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाले ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौं’ भन्ने नारासहित प्रवर्द्धनात्मक अभियानको सुरुआत गरेको हो ।
मेयर हमालको नेतृत्वमा ३० जनाको टोली सोमबार बिहान अपि बेस क्याम्पसका लागि धनगढीबाट हिँडेको छ । १० दिनको यात्रामा निस्किएको टोलीले अपि हिमालको बेस क्याम्पसम्म पुग्ने लक्ष्य लिएको छ ।
सुन्दर सुदूरपश्चिमका अभियान्ता समेत रहेका मेयर हमालले स्थानीय सरकारको तर्फबाट त्यसैको निरन्तरता स्वरुप हिमाल र पर्यटकीय क्षेत्रको प्रचारका लागि अभियान थालिएको बताएका छन् ।
अपि बेस क्याम्प यात्रामा जनप्रतिनिधिसँगै कर्मचारी, व्यापारी तथा केही सर्वसाधारणको पनि सहभागिता रहेको छ । उनीहरुलाई धनगढीबाट बाजागाजा र फूलमालासहित टोलीलाई बिदाइ गरिएको छ ।
यो अभियानले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4