
News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलाको व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइन चुँडिदा २८ वर्षीय नारायण बुढाथोकी महाकाली नदीमा खसेर बेपत्ता भएका छन्।
- प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए अनुसार नारायण महाकाली नदी पार गर्ने क्रममा तुइन चुँडिएको थियो।
- स्थानीयवासी र प्रहरीले बेपत्ता नारायणको खोजी गरिरहेको छ।
३१ असार, दार्चुला । तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।
व्याँस गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट मंगलबार महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् ।
दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए ।
नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए ।
नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताए ।
प्रतिक्रिया 4