+
+
Shares

धनगढी जलमग्न (तस्वीरहरू)

आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार जलमग्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १६ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनगढीमा आइतबार साँझदेखि भारी वर्षा भएकोले बजार जलमग्न भएको छ।
  • जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा २०२.२ मिलिमिटर वर्षा भएको जानकारी दिएको छ।
  • वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन विभागले सुझाव दिएको छ।

१६ असार, काठमाडौं । कैलालीको धनगढीमा भारी वर्षा भएको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार जलमग्न भएको छ ।

धनगढी बजार क्षेत्र जलमग्न भएका कारण सवारीसाधन गुडाउन सकिएको छैन भने पैदल यात्रा गर्न समेत समस्या भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा धनगढी विमानस्थल आसपास क्षेत्रमा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन पनि विभागले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?