+
+
Shares

नीति तथा कार्यक्रममाथिको जवाफमा अर्थमन्त्रीले भने- ‘हामी पाङ्ग्रामात्र फेर्न आएका होइनौं’

प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह गरेका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह गरेका छन् ।
  • सरकारले सांसदहरूको सबै सुझावहरू ग्रहण गरेको र बजेटमा ती सुझावहरू समावेश गर्ने प्रतिबद्धता जनाइएको छ।
  • सरकारी सेवाभित्रको दलगत संगठन खारेज गरिएको र समग्र ट्रेड युनियन मुभमेन्ट खारेज नगरेको अर्थमन्त्री वाग्लेले स्पष्ट पारेका छन् ।

३१ वैशाख, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय लोकतान्त्रिक गणतन्त्रिक व्यवस्थाप्रतिको निष्ठामा कतै पनि शंका नगर्न आग्रह गरेका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि प्रधानमन्त्रीकव तर्फबाट जवाी दिँदै उनले  अग्रगमनको बाटोमा जाने कुरालाई शंका नगर्न अनुरोध गरेका हुन् ।

उनले सरकारले सांसदहरूका सबै सुझावहरूलाई ग्रहण गरेको र अब बजेटमा ती सुझाव अनुसार आउने प्रतिबद्धता जनाए ।

‘सरकारले सबै सुझावहरूलाई ग्रहण गरेको छ । लिखित तथा मौखिक धारणाले सबैको स्वामित्व भएको छ । प्रतिक्रयालाई बजेटमा समावेश गर्छु । प्रस्तुत नीति तथा कार्यक्रममा बजेटको नीति तथा सिद्धान्तको प्राथमिकता पेश गर्नेछु’ उनले भने,’हामी पाङ्ग्रा मात्र फेर्न आएका होइनौं  ।हामी अग्रगमनको बाटोमा जाने हो ।

उनले चुनावमा सु्शासनका मुद्दाहरू बोकेर हिँडेकाले त्यही अनुसार जनमतले अनुमोदन गरेको उल्लेख गरे । उनले ट्रेड युनियनहरू खारेज गर्ने विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ पनि दिए ।

‘संघीय लोकतान्त्रिक व्यवस्थाप्रति हाम्रो पूर्ण प्रतिबद्धता छ  ।त्यसैले हामीले सुशासनका मुद्दाहरू उठाएका छौं । सरकारी सेवाभित्रको दलगत संगठन  खारेज गरेको हो । हामीले वाचावपत्रमा नै यो राखेका थियौं । समग्र ट्रेड युनिनयन मुभमेन्टलाई खारेज गर्ने भनेको होइन। दलगत संगठन मात्र खारेज गरेको हो’ उनले भने ।

अर्थमन्त्री  वाग्लेले गिरिजाप्रसाद कोइाराल र मनमोहन अधिकारीहरूले इतिहासमा ट्रेड युनियन आान्दोलनबाटै उठेको कुरालाई स्मरण गरिए ।

‘समग्र ट्रेड युनियनको मूल्यलाई फलो गर्छौं’उनले भने,’यो अहिले अदालतमा यो विचाराधीन छ । हामी सामाजिक उदार लोकतन्त्रमा विश्वास गर्ने दल हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?