+
+
Shares

५-७ वर्षमा सय अर्ब डलरको अर्थतन्त्र बनाउने गरी काम गर्नुपर्नेछ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताए।
  • उनले सरकारले बजेटभन्दा बाहिर विकास निर्माण छिटो गर्न र निजी क्षेत्रलाई सडक आयोजना जिम्मा लगाउन सकिने खुलाए।
  • उनले '७ प्रतिशत आर्थिक वृद्धिदर बनाउन सके मात्रै ५-७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ' भने।

३ वैशाख, काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले बजेटमा सोहीअनुसार निर्माण हुने बताएका हुन् ।

उनले सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको सुनाए ।

उनले ठूला-ठूला सडक आयोजना तथा निर्माणहरू निजी क्षेत्रलाई जिम्मा लगाएर पनि गर्न सकिने बताए ।

उनले यी काम गर्दा मात्रै अर्थतन्त्र १०० अर्बको बनाउन सकिने उल्लेख गरे ।
‘७ प्रतिशत आर्थिक वृद्धिदर बनाउन सके मात्रै ५-७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ । १०० अर्ब डलरको शान नै अर्को हुन्छ नि देशको,’ उनले भने ।

उनले यसपटकदेखि नीतिगत रुपमा कब्जाको युग सकिएको पनि बताए । ‘नीतिगत कब्जाको युग अब सकियो । सबैजना माथि जाने योजना ल्याउने हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?