+
+
Shares

नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला

‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको मतलाई जिम्मेवारीबोधका साथ उपयोग गर्न आग्रह गरेका छन्।
  • वाग्लेले सांसदहरूलाई पार्टीका धारणाहरू र वाचापत्र पुनः अध्ययन गरी प्रणाली परिवर्तनमा गम्भीर हुन निर्देशन दिए।
  • उहाँले सांसदहरूलाई कानुन बनाउने, सरकारको काम अनुगमन गर्ने र विकास निर्माणको हुटहुटीमा ध्यान दिनुपर्ने बताए।

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नवनिर्वाचित सांसदहरूलाई अब जनताले दिएको ऐतिहासिक मतलाई जिम्मेवारीबोध गर्नेगरी लाग्न आग्रह गरेका छन् ।

मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले संसद्मा ध्यान दिनुपर्ने विषयमा पुन: अध्ययन गर्न आग्रह गरे ।

साथै, अब थिति बसाल्ने विषयमा पनि गम्भीर भएर सोच्न उनले आग्रह गरे ।

‘तपाईंहरू फेरि अध्ययनको चरणमा प्रवेश गर्नुपर्नेछ । अब फेरि ब्याक टू कलेज भनेजस्तै हो । यसमा केही आधारभूत डकुमेन्टको फ्रेमवर्क हुनेछ,’ वाग्लेले भने, ‘पार्टीकै धारणाहरू बारे पनि अध्ययन गर्नुपर्नेछ । वाचापत्र दोहोर्‍याएर तेहेर्‍याएर पढ्नुहोला ।’

उनले आफूहरू व्यक्तिगत समस्या समाधान गर्न नआएको बताउँदै प्रणाली नै बदल्ने विषयमा गम्भीर रहन आग्रह गरे ।

‘थिति बसाल्ने संकल्प, अब सिस्टम बसालौं, लथालिंग भएको अर्थ राजनीतिलाई अब सम्हाल्नुपर्नेछ । अब नेपाली जनताले गर्नसक्ने गरी म्यान्डेट दिएर पठाउनुभएको छ,’ उनले भने, ‘खाली ठूलो पार्टी मात्रै भएर बहुमत नआएको भए यति ठूलो भारी हुँदैन थियो । यसमा सजक हुनुहोला ।’

उनले अब बन्ने नयाँ सरकारका कामहरूलाई याद गर्दै वाचडगको भूमिका निर्वाचन गर्न पनि नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए ।

‘हामी विधायक सांसदको भूमिकामा छौं । हामीले गर्ने मूल काम के हो ? सहायक काम के हो ? भन्ने बुझ्नुपर्छ । हामी कानुन बनाउन आएका हौं,’ वाग्लेले भने, ‘सरकारको कामको अनुगमन गर्ने वाचडग पनि हो । आ–आफ्ना निर्वाचन क्षेत्रका जनताका गुनासालाई बुलन्द ढंगले उठाउनुपर्ने हुन्छ ।’

जनतामा भएको विकास निर्माणको हुटहुटीलाई समातेर अघि बढ्नुपर्ने तथ्यलाई नबिर्सन आग्रह पनि गरे । ‘विकास निर्माणमा क्याच अप गर्नुपर्ने छ । विकास निर्माणको जुन हुटहुटी छ । त्यसमा पनि ध्यान दिनुपर्छ,’ वाग्लेले भनेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?