+
+
Shares

नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १३:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तरपूर्वी नाइजेरियामा आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका छन्।
  • बोको हराम र आईएसडब्लैएपीका लडाकुहरूले १६ वर्षदेखि चलिरहेको विद्रोहमा ४० हजारभन्दा बढीको ज्यान लिएका छन्।
  • प्रहरीले मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पताल, मुख्य बजार र हुलाक कार्यालय वरपर आक्रमण भएको र सुरक्षा बलले निगरानी बढाएको बताएको छ।

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा कम्तिमा २३ जनाको मृत्यु हुनुका साथै एक सय भन्दा बढी घाइते भएको प्रहरीले मंगलबार जनाएको छ ।

यस अघि सैन्य केन्द्रमा भएको आक्रमण र डिसेम्बरमा मस्जिदमा भएको बम विष्फोट र आक्रमणहरूले सहर अशान्त बनेको छ भने नाइजेरियाको लामो समयदेखि चलिरहेको विद्रोह ग्रामीण भित्री इलाकामा धकेलिएपछि समस्या झनै बढेको छ ।

बोको हराम र प्रतिद्वन्द्वी जिहादी समूह इस्लामिक स्टेटले वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्लैएपी) का लडाकुहरूले हालै उत्तरपूर्वी नाइजेरियामा आक्रमण बढाएको जनाइएको छ ।

उनीहरूको १६ वर्ष देखिको यो अभियानले ४० हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको छ भने करिब २० लाख विस्थापित भएका छन् ।

प्रहरी प्रवक्ता नाहुम केनेथ दासोले प्रारम्भिक अनुसन्धानले घटना संदिग्धहरूले गरेको खुलासा गरेका छन् ।

एक जिहादी विरोधी सदस्यलाई उदृत गर्दै एएफपीले विस्फोटबाट मृत्यु हुनेहरूको सङ्ख्या ३१ पुगेको हुन सक्ने बताएको छ ।

आक्रमणकारीहरूले सहरको मुख्य बजार, मैदुगुरी विश्वविद्यालय शिक्षण अस्पतालको गेट र हुलाक कार्यालय फ्लाइओभर वरपरको क्षेत्रमा आक्रमण गरेको जनाइएको छ ।

मङ्गलबारको बयानमा प्रहरीले प्रभावित क्षेत्रहरूको सामान्य अवस्था पुनःस्थापित गरी सकेको र सुरक्षा बलले मैदुगुरी र यसको वरपरको क्षेत्रमा थप घटना हुन नदिन निगरानी बढाएको बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?