+
+
Shares

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु   

रासस रासस
२०८२ चैत ३ गते १३:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको बर्जु गाउँपालिका–२ मा मोटरसाइकल दुर्घटनामा विराटनगरका ३२ वर्षीय जयकृष्ण यादवको मृत्यु भएको छ।
  • प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो।
  • प्रहरीले तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने उल्लेख गरेको छ।

३ चैत, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए ।

दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?