News Summary
Generated by OK AI. Editorially reviewed.- हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा २५ वर्षीया दीपक दासको मृत्यु भएको छ।
- प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।
- ट्याक्टर प्रहरीको नियन्त्रणमा छ भने चालक फरार भएकाले खोजी भइरहेको छ।
१ चैत, सुनसरी । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।
अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उनले बताए । घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।
ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकाले खोजी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4