+
+
Shares

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु   

हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।   

रासस रासस
२०८२ फागुन २९ गते १२:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौँडा–नारायणगढ सडकअन्तर्गत नेवारपानीमा ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालक गोविन्द चौधरीको मृत्यु भएको छ।
  • दुर्घटनामा घाइते चौधरीलाई चुरेहिल अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
  • कन्टेनर चितवनबाट हेटौँडातर्फ र ट्रक हेटौँडाबाट चितवनतर्फ जाँदै थिए।

२९ फागुन, मकवानपुर । हेटौँडा– नारायणगढ सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्‍याइएकोमा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?