+
+
Shares

क्रोएसिया सडक दुर्घटनामा परेर दुई नेपाली युवाको मृत्यु

तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा  (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ, जसमा झापाकी ३९ वर्षीया भरत कार्की र सल्यानका २७ वर्षीया भुवन विक छन्।
  • एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले फेब्रुअरी १२ मा दुर्घटना भएको र शव नेपाल ल्याउन पहल भइरहेको जानकारी दिए ।

२८ फागुन, काठमाडौं ।  क्रोएसियामा दुई नेपाली युवाको सडक दुर्घटनामा मृत्यु भएको छ । झापा मेचीनगर– १२ नयाँ वस्तीका ३९ वर्षका भरत कार्की र सल्यान कुमाख गाउँपालिका २७ वर्षका भुवन विकको मृत्यु भएको हो ।

रोजगारीका लागि बोस्निया गएका उनीहरु घुम्नका लागि क्रोएसिया जाँदा बाटोमा दुर्घटना भएर मृत्यु भएको एनआरएन क्रोएसियाका अध्यक्ष साइमन तामाङले अनलाइनखबरलाई जानकारी दिए ।

तामाङका अनुसार फेब्रुअरी १२ तारिखमा  (ठीक एक महिनाअघि) भएको थियो । दुर्घटना परेर मृत्यु हुने दुई युवाको शव नेपालमा लैजान पहल भइरहेको तामाङले जानकारी गराए ।

उनले भने,‘भियनास्थित दूतावासमा कुरा भएको छ । एउटा शव नेपालमा पुर्‍याउन ६ हजारभन्दा बढी यूरो लाग्छ । शव नेपाल लैजान पहल भइरहेको छ ।’

शव नेपाल पुर्‍याउनका सहजीकरणका लागि कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मासँग पनि कुराकानी गरेको तामाङको भनाइ छ ।

बोस्निायाबाट घुम्नका लागि क्रोएसिया जानेमा तीन नेपाली र एक पाकिस्तानी रहेको खुलेको छ । दुर्घटनामा एक नेपाली महिला एक पाकिस्तानी घाइते भएका छन् ।  घाइतेहरुको उपचार भइरहेको तामाङले जानकारी गराए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?