News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको गाउँपालिका क्षेत्रमा हावाहुरीले व्यवसायिक केरा खेतीमा १६ लाख रुपैयाँ बराबरको ठूलो क्षति पुर्याएको छ।
- किसान चन्द्र बहादुर बस्नेतले राज्यले किसानलाई शतप्रतिशत क्षतिपूर्ति दिनुपर्ने र बीमा नीति गलत भएको बताएका छन्।
- उनले भने, 'राज्यले नै बीमा बन्द गरिदिएको थियो' र किसानको मर्म बुझ्ने मन्त्री र नीति निर्माताहरू हुनुपर्ने बताए।
३ चैत, काठमाडौं । हावाहुरीले झापाको व्यवसायिक केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । झापा गाउँपालिकामा केरा खेती गर्दै आएका किसान चन्द्र बहादुर बस्नेतले हावाहुरीबाट ठूलो क्षति भएको बताएका हुन् ।
६ वर्षदेखि व्यवसायिक केरा खेती गर्दै आएका युवा किसान बस्नेतले गत असोज महिनामा बाढीको डुबानबाट पीडित भएका किसानहरुले आइतबारको हावाहुरीले पुनः क्षति व्यहोरेको बताए ।
उनले आफ्नो फार्मममा मात्रै १६ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । उनका अनुसार मकैमा पनि क्षति पुगेको छ ।
२०८० सालमा नेपालका उत्कृष्ट किसानबाट पुरस्कृत बस्नेतले सरकारले किसानहरुको समस्या सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘किसानहरुलाई पुनः उठ्न र अघि बढ्नका लागि राज्यले शतप्रतिशत क्षतिपूर्ति दिनुपर्छ ।’
उनका अनुसार राज्यले एक वर्ष केरा खेतीको बीमा गरिदिए पनि अर्को वर्षदेखि बीमा हटाइदिएको गुनासो गरे ।
‘राज्यले नै बीमा बन्द गरिदिएको थियो । पहिलो वर्ष बीमा गरिदिने अनि दोस्रो–तेस्रो वर्ष नगरिदिने भनेको किसानलाई फकाएर खेतमा ल्याउने अनि लड्यो भने त्यहीँ सकाइदिने जस्तो भयो,’ उनले भने, ‘राज्यको यो पोलिसी एकदम गलत छ ।’ उनले किसानको मर्म बुझ्ने मन्त्री र नीति निर्माताहरू हुनुपर्ने बताए ।
प्रतिक्रिया 4