+
+
Shares

सांसद बनेकी अनुष्कालाई बधाई दिँदै ‘मिस नेपाल’ : धेरै युवतीका लागि प्रेरणादायी

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीमार्फत संघीय सांसद बनेकी छन्।
  • उनी सांसद बन्ने पहिलो मिस नेपाल हुन् र काठमाडौं महानगरकी सल्लाहकार समेत हुन्।
  • मिस नेपाल प्रतियोगिताका आयोजक संस्था 'द हिडन ट्रेजर'ले उनको उपलब्धिलाई 'महत्वपूर्ण उपलब्धि' भन्दै बधाई दिएको छ।

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठ संघीय सांसद बनेकी छन् । उनी सांसद बन्ने पहिलो मिस नेपाल हुन् ।

सौन्दर्य प्रतियोगितामार्फत पहिचान बनाएकी श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीमार्फत आदिवासी जनजाति क्लस्टरमार्फत सांसद बनेकी हुन् ।

‘विथ अ पर्पस’ को अवधारणालाई निरन्तर अघि बढाउँदै आएकी उनले अब नीति निर्माण तहमा आफ्नो भूमिका विस्तार गरेकी छन् । उनी मिस नेपाल मात्र होइनन्, उद्यमी र काठमाडौं महानगरकी सल्लाहकार समेत हुन् ।

मिस नेपाल प्रतियोगिताका आयोजक संस्था ‘द हिडन ट्रेजर’ले श्रेष्ठको यस उपलब्धिप्रति बधाई तथा शुभकामना व्यक्त गरेको छ । संस्थाले सामाजिक सञ्जालमार्फत उनको उपलब्धिलाई ‘महत्वपूर्ण उपलब्धि’ भन्दै प्रशंसा गरेको हो ।

संस्थाले जारी सन्देशमा श्रेष्ठले सधैं उद्देश्यसहितको सौन्दर्यको परिभाषा प्रस्तुत गरेको उल्लेख गर्दै अब उनले उच्च तहको सेवामा त्यो प्रतिबद्धता पुर्‍याउने विश्वास व्यक्त गरेको छ । साथै, संसद्मा उनको दृष्टि र आवाज नेपालको लागि महत्वपूर्ण हुने पनि उल्लेख गरिएको छ ।

अनुष्काको यो उपलब्धिलाई नयाँ नेतृत्व यात्राको सुरुवातका रूपमा समेत हेरिएको छ । सौन्दर्य क्षेत्रबाट सार्वजनिक जीवनतर्फको उनको यात्रा धेरै युवतीका लागि प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?