News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतमा हराएका तीन बालबालिका ३ चैतमा प्रहरी टोलीले फेला पारेको छ।
- हराएका बालबालिका ११ वर्षकी प्रतिक्षा, ७ वर्षका विवेक र ५ वर्षकी कल्पना न्यौपाने हुन्।
- प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको नेतृत्वमा १० जनाको टोलीले खोजतसाल गरी बालबालिका फेला पारेको छ।
३ चैत, सुर्खेत । हराएका तीन बालबालिकालाई प्रहरीले फेला पारेको छ । सोमबार मध्याह्न १२ बजेको समाय कालिकोट रास्कोट नगरपालिका-८ घर भई हाल सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका-२ रेडियो नेपाल चोकनजिक डेरामा बस्दै आएका तीन बालबालिका हराएका थिए ।
तीन जना बालबालिकाहरू 11 वर्षकी प्रतिक्षा न्यौपाने, ७ वर्षका विवेक न्यौपाने र 5 वर्षकी कल्पना न्यौपाने सम्पर्कमा नआएपछि अभिभावक तुलराज न्यौपानेले प्रहरीलाई खबर गरेका थिए ।
हराएको खबरपछि प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईको कमान्डमा १० जनाको टोली खटिई खोजतसाल गर्दा उनीहरू फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4