+
+
Shares

छोराछोरीसहित बेपत्ता महिला मृत भेटिइन्

मायाका दुई छोराछोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २१:११
भेरी नदी : फाइल तस्वीर

२ चैत, सुर्खेत । आइतबार बिहानदेखि छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका- १२ पिप्लेकी माया कठायतको शव फेला परेको छ । ११ वर्षकी छोरी आशा र पाँच वर्षका छोरा दीपकसहित सम्पर्कविहीन भएकी मायाको शव सोमबार बेलुकी फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहन जङ्ग बुढथापाले जानकारी दिए ।

प्रहरी र स्थानीयले खोजी गर्दा उनको शव भेरी नदीमा भेटिएको हो । हराएको स्थानदेखि सात किलोमिटर दक्षिणतर्फ लेकबेसी नगरपालिका-३ पटारेस्थित भेरी नदीको किनारमा शव भेटिएको प्रवक्ता बुढथापाले जानकारी दिए ।

मायाका दुई छोराछोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । मायाका श्रीमान् भूपेन्द्र कठायतले प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु भएको थियो । –रासस

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?