+
+
Shares

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न उद्योगी र वितरकलाई विभागको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते २१:०७

२ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको माग उच्च रहेको वर्तमान संकटपूर्ण अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सिर्जना नगर्न सम्पूर्ण ग्यास उत्पादक (बोटलिङ) उद्योग र वितरकहरूको ध्यानाकर्षण गराएको छ ।

विभागले जम्माखोरी तथा कृत्रिम अभाव जस्ता गैरकानूनी व्यापारिक क्रियाकलाप नगरी वितरण प्रणालीलाई सहज बनाउन सबै उद्योगी र वितरकहरूलाई सचेत गराएको हो ।

सोमबार विभागको अनुगमन टोलीले ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योग प्रालिको गोदाममा अनुगमन गर्दा १४.२ केजी तौलका ६ हजार ३ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर फेला पारेको थियो ।

कृत्रिम अभाव सिर्जना गर्ने हेतुले जम्माखोरी गरेको भन्दै विभागले श्रीराम ग्यास उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ। साथै, गोदाममा मौज्दात रहेका ती सम्पूर्ण ग्यास सिलिन्डरहरू नेपाल आयल निगमको समन्वय र रोहवरमा तत्काल बिक्री वितरणको व्यवस्था मिलाउन समेत कडा निर्देशन दिइएको छ ।

बजारमा ७.१ किलो (आधा) ग्यास वितरणको नीति ल्याइएको र यसले आपूर्ति क्रमश: सहज बन्दै गएकाले केही दिनमै अवस्था सामान्य हुने भन्दै विभागले आम उपभोक्तालाई आश्वस्त पारेको छ ।

बजारमा कतै अनुचित व्यापारिक क्रियाकलाप र कालोबजारी भएको पाइएमा कडा कारबाही हुने चेतावनी दिँदै विभागले यस्ता गतिविधिको सूचना आफ्नो टोल फ्री नम्बर ११३७ मा उपलब्ध गराउन आम सर्वसाधारणलाई आह्वान गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?