+

अध्ययनको निष्कर्ष : व्यायामले कम गर्छ रक्सी सेवनबाट हुने मृत्युको जोखिम

२०८२ चैत  ३ गते १३:४६ २०८२ चैत ३ गते १३:४६
अध्ययनको निष्कर्ष : व्यायामले कम गर्छ रक्सी सेवनबाट हुने मृत्युको जोखिम

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतमा गरिएको अध्ययनले नियमित शारीरिक व्यायामले रक्सी सेवनका कारण हुने क्यान्सर र मुटुरोगको जोखिम कम गर्ने देखाएको छ।

रक्सी सेवनले स्वास्थलाई असर गर्ने कुरा हामी सबैजसोलाई थाहा  छ । स्वस्थ रहनका लागि सीमित मात्रामा रक्सी सेवन गर्ने या यसबाट टाढै रहन सल्लाह दिइन्छ ।

रक्सी सेवनले कति असर गर्छ भन्ने कुरा व्यक्तिको शारीरिक अवस्था, उमेर, उनीहरूको जीवनशैली आदिमा निर्भर रहन्छ । बेलायतमा गरिएको एक अध्ययनले पनि नियमित शारीरिक व्यायाम गर्ने व्यक्तिलाई रक्सीको असर कम हुने देखाएको छ ।

रक्सी पिउँदा हुने हानिलाई शारीरिक गतिविधिले कम गर्छ कि गर्दैन भन्ने उद्देश्यले गरिएको उक्त अन्ययन ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा प्रकाशित छ ।

बेलायती र स्कटिस गरी ३६ हजार ३७० व्यक्तिमा यो अनुसन्धान गरिएको थियो । केही वर्ष लगाएर गरिएको अध्ययनमा रक्सी सेवनका कारण हुने क्यान्सर र मुटुरोगले भएका मृत्युको बारेमा पनि लेखाजोखा गरिएको थियो ।

अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई रक्सी सेवन नगर्ने देखि धेरै सेवन गर्ने सम्म गरी विभिन्न समूहमा विभाजन गरिएको थियो । जसमा कहिल्यै रक्सी सेवन नगर्ने, पहिले सेवन गरेका तर अहिले छाडेका, आक्लझुक्कल मात्रै सेवन गर्ने, निश्चित समयसीमा तोकेर सेवन गर्ने, धेरै सेवन गर्ने र अत्यधिक रक्सी सेवन गर्नेलाई छुट्टाछुट्टै समूहमा राखी अध्ययन गरिएको थियो ।

अर्काेतर्फ शारीरिक सक्रियताका आधारमा पनि समूह निर्धारण गरिएको थियो । कत्ति पनि सक्रिय नहुने, मध्यम रुपमा सक्रिय हुने र धेरै सक्रिय हुने गरी ३ समूहमा विभाजन गरी अध्ययन गरिएको थियो ।

धेरै रक्सी पिउनेमा क्यान्सर र मुटुरोगबाट हुने मृत्युको जोखिम ४० प्रतिशतसम्म बढी पाइएको थियो । सीमित मात्रामा रक्सी पिउने तर शारीरिक सक्रियता नभएका व्यक्तिमा पनि जोखिम धेरै देखियो ।

जो व्यक्ति रक्सी पनि पिउने र शारीरिक रुपमा आफूलाई सक्रिय राख्छन्, उनीहरूमा यस खालका रोगबाट हुने मृत्युको जोखिम कम देखियो ।

शारीरिक सक्रियताले स्वास्थ्यमा हुने रक्सीको जोखिम कम हुने निष्कर्ष यो अध्ययनले निकालेको छ ।

विज्ञहरूका अनुसार रक्सी सेवनले पाचन प्रक्रियामा धेरै दवाव सिर्जना गर्छ । शरीरमा ‘अक्सिडेटिभ स्ट्रेस’ बढाउँछ । शरीरमा बोसो पचाउने प्रक्रियालाई पनि रक्सीले असर पुर्‍याउँछ र यसले कोलेस्टेरोल बढाउन भूमिका खेल्छ । उच्च रक्तचाप पनि बढाउँछ र मुटुरोगको जोखिम बढाउँछ ।

शारीरिक सक्रियताले यी जोखिमहरुलाई केही हदसम्म कम गर्ने निष्कर्ष अध्ययनको छ ।

रक्सी सेवनपछि हुने स्वास्थ्य जोखिमलाई शारीरिक अभ्यासले कम गरे पनि स्वथ रहन रक्सी सेवनलाई सीमित गन र नियमित शारीरिक अभ्यास गर्ने बानी बसाल्न यस अध्ययनमा सुझाव दिइएको छ ।

रक्सी व्यायाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय