+
+
Shares

बाल क्यान्सर उपचारमा कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पतालबीच सहकार्य हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सम्झौता अनुसार विशेषगरी कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका जटिल तथा अत्याधुनिक सेवाहरू अब भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा उपलब्ध हुनेछन्।

२ चैत, काठमाडौँ । बाल क्यान्सरको उपचारलाई प्रभावकारी बनाउन कान्ति बाल अस्पताल र भक्तपुर क्यान्सर अस्पताल बीच सम्झौता भएको छ ।

आज कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय र भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्वल चालिसेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सहकार्यले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सर पीडित बालबालिकाका लागि एकीकृत र सहज उपचार सेवा उपलब्ध हुने अपेक्षा रहेको कान्ति बाल अस्पतालका निर्देशक डा. रायले बताए

समझदारी अनुसार अब दुवै अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आपसी समन्वयमा बिरामीको उपचार योजना तयार गर्नेछन् ।

एउटा अस्पतालमा उपलब्ध नभएको सेवा वा प्रविधि अर्को अस्पतालमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । चिकित्सकहरूको सेवा आदानप्रदान तथा स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिने विषय पनि समझदारीमा समेटिएको छ ।

सम्झौता अनुसार विशेषगरी कान्ति बाल अस्पतालमा हाल उपलब्ध नभएका जटिल तथा अत्याधुनिक सेवाहरू अब भक्तपुर क्यान्सर अस्पतालको सहयोगमा उपलब्ध हुनेछन् । जसमा रेडियसन, आइएमआरटी, आइएचसी, फ्लोसाइटोमेट्री तथा फ्रोजन बायोप्सी वा हाइपेक आवश्यक पर्ने अन्को–सर्जरी लगायतका सेवा समावेश छन् ।

यसैगरी निकट भविष्यमा पेट स्क्यान र बोन म्यारो ट्रान्सप्लान्ट जस्ता उच्च विशिष्टीकृत सेवाहरू समेत दुवै अस्पतालको समन्वयमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

१४ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार

यस सहकार्यको महत्वपूर्ण पक्ष भनेको १४ वर्षमुनिका बालबालिकालाई क्यान्सर उपचार सेवा निःशुल्क उपलब्ध गराइने व्यवस्था हो । विपन्न तथा पहुँचविहीन परिवारका लागि यो ठूलो राहत हुने विश्वास गरिएको छ । साथै बिरामीहरूले स्वास्थ्य बिमा कार्यक्रममार्फत पनि उपचार सेवा लिन सक्ने भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।

बाल क्यान्सर रोग विशेषज्ञ डा. ऋतु लामिछानेका अनुसार नेपालमा बाल क्यान्सर उपचारमा अझै धेरै चुनौतीहरू छन् । ‘नेपालको सन्दर्भमा एउटै अस्पतालमा सबै सुविधा उपलब्ध हुँदैन’ उनले भनिन्, ‘ यही कारण दुई सरकारी अस्पतालबीच सहकार्य गरेर उपचार र निदानबीचको ग्याप घटाउने प्रयास गरिएको हो ।’

उनका अनुसार क्यान्सर उपचारमा आवश्यक फ्लोसाइटोमेट्री, आईएचसी मार्कर जस्ता परीक्षणहरू क्रमशः विस्तार गरिँदै छन् भने भविष्यमा पेट–सिटी स्क्यान जस्ता सेवा पनि थप गर्ने योजना छ ।

‘कुनै अस्पतालमा सेवा उपलब्ध नभए अर्को अस्पतालमार्फत बिरामीले सहज रूपमा उपचार पाउने व्यवस्था मिलाइँदैछ’ डा.ऋतुले भनिन्न, ‘यसले बाल क्यान्सर उपचारलाई अझ प्रभावकारी बनाउनेछ ।’

दुई ठूला सरकारी अस्पतालबीच भएको यो सहकार्यले नेपालमा बालबालिकाको क्यान्सर उपचारको गुणस्तर र पहुँचमा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?