+
+
Shares

पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु : अफगान सरकार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वी अफगानिस्तानमा पाकिस्तानी गोलाबारीमा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन्।
  • गत हप्तामा सीमापार झडपमा अफगानिस्तानमा १८ सर्वसाधारण मारिएका थिए भने फेब्रुअरी २६ को झडपमा ७५ जनाको मृत्यु पुष्टि भएको छ।
  • सीमावर्ती द्वन्द्वले ११ लाखभन्दा बढी विस्थापित भएका छन् र विश्व खाद्य कार्यक्रमले २० हजार विस्थापित परिवारलाई खाना वितरण थालेको छ।

पूर्वी अफगानिस्तानमा आइतबार-सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा तीन जना बालबालिका र एक जना महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार दुई पक्ष बीच सीमापार झडपका कारण गत हप्तामा अफगानिस्तानमा १८ जना सर्वसाधारण मारिएका थिए ।

आइतबार राति पाकिस्तानी सेनाले गुरबुज जिल्लाको नारी गाउँमा गरेको गोलाबारीमा एक महिला र एक बच्चाको मृत्यु भएको पूर्वी खोस्ट प्रान्तका गभर्नरका प्रवक्ता मुस्तघफिर गुरबुजलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

स्वास्थ्य क्लिनिक र अर्को गाउँमा भएको गोलाबारीमा एक जना महिलासहित चार जना घाइते भएको जनाइएको छ भने घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अफगानको खोस्त क्षेत्रमा आइतबार भएको पाकिस्तानी गोलाबारीमा दुई जना बालबालिकाको मृत्यु भएको गभर्नरको कार्यालयले विज्ञप्ति मार्फत जनाएको हो ।

आइतबार पूर्वी नुरिस्तान प्रान्तमा गोलाबारी हुँदा एक व्यक्तिको मृत्यु भएको सरकारका उप प्रवक्ता हमदुल्ला फित्रतले सामाजिक सञ्जाल एक्स मार्फत जनाउनु भएको छ ।

यस अघि शुक्रबार अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरी– २६ मा पाकिस्तानसँगको झडपमा ७५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।

इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी तालिबान (टीटीपी) का लडाकुहरूलाई शरण दिएको आरोप लगाएको छ भने अफगान तालिबान अधिकारीहरूले उक्त आरोप अस्वीकार गरेका छन् ।

गत अक्टोबरमा दुई देशबिचको लडाइँमा दर्जनौँ मानिस मारिए पछि बन्द भएको सीमा मध्यस्थता पछि सहज भएको थियो । तर फेब्रुअरी– २६ मा अफगानिस्तानले पाकिस्तानी हवाई आक्रमणको बदलामा सीमा आक्रमण सुरु गरेपछि द्वन्द्व फेरि भड्किएको थियो ।

त्यसपछि पाकिस्तानले फेब्रुअरी – २७ मा राजधानी काबुलमा बमबारी गर्दै तालिबान अधिकारीहरू विरुद्ध “खुला युद्ध“ घोषणा गरेको थियो

पछिल्लो समयमा बारम्बारको सीमा द्वन्द्वले व्यापार स्थिर भएको र करीव ११ लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले आइतबार २० हजार भन्दा बढी विस्थापित अफगान परिवारलाई खाना वितरण गर्न थालेको भने थप अस्थिरताले लाखौंलाई भोकमरीमा धकेल्ने चेतावनी दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?