News Summary
Generated by OK AI. Editorially reviewed.- माउन्टेन लजेज अफ नेपाल–मनाङ टाइम म्यागेजिनको विश्वका उत्कृष्ट स्थान २०२६ मा सूचिकृत भएको छ।
- शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यो लज उत्तरी अन्नपूर्ण क्षेत्रमा ३,५०० मिटर उचाइमा अवस्थित छ।
- लजले आराम, शैली, हिमाली दृष्यावलोकन र सांस्कृतिक अनुभव प्रदान गर्दै उत्कृष्ट सेवा दिँदै आएको छ।
२ चैत, काठमाडौं । माउन्टेन लजेज अफ नेपाल–मनाङ टाइम म्यागेजिनको विश्वका उत्कृष्ट स्थान २०२६ मा सूचिकृत भएको छ । यो सूचीमा विश्वभरका भ्रमण गर्न र बस्नयोग्य १ सय उत्कृष्ट तथा असाधारण गन्तब्य समेट्ने गरिन्छ । शेर्पा हस्पिटालिटी ग्रुपद्वारा व्यवस्थापन गरिएको यो लजले उत्तरी अन्नपूर्ण क्षेत्रमा यात्रा गर्ने यात्रुलाई उत्कृष्ट सेवा दिँदै आएको छ ।
यहाँ पाहुनाले आराम, शैली र उच्च भेगबाट हिमाली दृष्यावलोकन गर्न सक्छन् । साथै दिनभरको पदयात्रा र सांस्कृति अनुभव समेत लिन सक्छन् । टाइमले लेखेको छ, ‘याकहरुले भरिएको मस्र्याङ्दी नदी उपत्यकाको माथि अवस्थित माउन्टेन लजेल अफ नेपाल १४ कोठा भएको ढुंगाले बनेको मनाङ लज यस क्षेत्रको पहिलो उच्चस्तरीय आवास हो ।

यो लज ३,५०० मिटर उचाइमा अवस्थित छ । सो उचाइमा पनि अत्याधुनिक आतिथ्य सेवाका कारण पाहुनाले उत्कृष्ट अनुभव प्राप्त गर्छन् । भव्य हिमाली दृश्य, ऐतिहासिक बौद्ध परम्परा र जीवित हिमाली संस्कृतिको दुर्लभ संयोजनले यो क्षेत्र आफैमा आकर्षक पर्यटकीय गन्तव्य समेत हो ।

प्रतिक्रिया 4