प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा १५ वर्षीय धीरज धामी बेपत्ता भएका छन्।
- धामी महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् र उनको खोजी भइरहेको छ।
- धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए र दुई साथी सकुशल रहेका छन्।
२ चैत, दार्चुला । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
महाकाली नदीमा सोमबार पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धीरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् ।
साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4