News Summary
Generated by OK AI. Editorially reviewed.- कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका १४ वर्षीय आशिक यादवको शव दुई दिनपछि फेला परेको छ।
- आशिक यादव १९ कात्तिक बिहान साढे ६ बजे सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वामा नुहाउन गएका थिए।
- शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ बागमती नदी किनारमा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
२१ कात्तिक, जनकपुरधाम। कात्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बालक दुई दिनपछि मृत फेला परेका छन्।
सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वा बस्ने मनोज यादवका १४ वर्षीय छोरा आशिक गत १९ कात्तिकको बिहान साढे ६ बजे बागमतीमा नुहाउन नदीमा पसेका थिए।
बेपत्ता भएका आशिकको शव शुक्रबार बिहान रौतहटको दुर्गा भगवती गाउँपालिका–२ स्थित बागमती नदीको किनारमा फेला परेको हो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले खोजतलासको क्रममा शुक्रबार बिहान ८ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4